काभ्रे धुलिखेल वडा नं. ८ अन्तर्गत पकुचामा स्थानीयले सडक अवरूद्ध गरेका छन् । असाेज पाँच गते जिल्ला समन्वय समिति प्रमुख दिपक गाैतमले सराेकारवाला सबैलाई बाेलाएर बैठक राखेर एक हप्ता भित्र बाटो हिड्न सक्ने बनाउने नत्र अनसनमा जाने घाेषना गरेका थिए , धुलिखेल वडा नं. ८ मा पर्ने अरनिको राजमार्गमा काम सन्तोष जनक नभएकोले स्थानीय र सबैकाे दबाब परेको धुलिखेल ८ का अध्यक्ष बिनाेद गाैतम बताएका थिए । उक्त बैठकमा जिल्ला प्रमुखले एक हप्ताको समय दिएर बाटो बनाउन भनेता पनि बाटो दिन दिनै यात्रा गरनै कठिन भएको र दैनिक यात्रु लड्ने घाइते हुने र सरकारले भनेकाे ठेकेदारले नमान्ने भएकोले आफुहरुले बाटो बन्द गर्नु परेको स्थानीयले बताए । सडक निर्माणमा ठेकेदारले चरमलापरबाही गरेकाे र सडकमा काम निकै सुस्तगतिमा भैरहेकाे भन्दै स्थानीयले सडक अवरूद्ध गरेका हुन् । उनीहरूले ढलान पाइप सडकमा राखेर राजमार्ग अवरूद्ध गरेका हुन् ।
- सुशील राज गिरी