Breaking News
प्राडा अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा नियुक्त    ||     काभ्रेमा रास्वपाकेन्द्रीय सदस्य रमेश प्रसाईले भने सरकारको झुठो मुद्दा जनतताले पत्याएनन्    ||     पनाैती नगरपालिकाले बन्द गरायाे अविध सकेका रोडा ढुंगा उद्योग ।    ||     काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा    ||     रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।    ||     नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस      ||     धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो    ||     कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।    ||     महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||    

कुखुराकाे मासुको भाउ बढाउन ३० लाख जिउँदा चल्ला खाल्डाेमा गाडियाे

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

२ पुस, काठमाडौं – नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ।

संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ। संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ। व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेका छन्।

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ। यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो। संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन्। यस्तै कतिपय ठाउँमा जिउँदै पुरिदिएका छन्।

संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गाडेको छ। मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट गरेको संघले जनाएको छ। संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले कुखुरा व्यवसाय व्यवस्थित गर्न तथा किसानलाई लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरिएको बताए। उनका अनुसार चल्ला नष्ट गर्ने अभियान एक सातासम्म जारी रहनेछ।

मागभन्दा बढी कुखुरा उत्पादन भएका कारण किसान र ह्याचरी व्यवसायीले मूल्य नपाएकाले लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरेका छौं,’ पोखरेलले अन्नपूर्णसँग भने, ‘बजार व्यवस्थित गर्न चल्ला उत्पादनमा रोक लगाएका छौं।’

संघले आफ्नो निर्णय मान्न ह्याचरी उद्योगलाई पनि बाध्य पारेको छ। निर्णय नमान्ने उद्योगमा संघका पदाधिकारी नै पुगेर चल्ला र अण्डा नष्ट गर्दै आएका छन्।

अध्यक्ष पोखरेलका अनुसार बजारमा एक सातामा ३० लाख चल्ला माग हुन्छ। तर ४५ लाख चल्ला उत्पादन भइरहेको छ। १० दिनमा ६० लाख चल्ला उत्पादन हुन्छ। ६० लाख चल्ला कमी भएपछि बजारमा कुखुराको मासुको अभाव हुन्छ। मासु अभाव गराएर मूल्य बढाउने तयारी ह्याचरी संघको छ।

लेयर्स, ब्रोइलर र कोइलर जातका चल्ला उत्पादन गर्ने ह्याचरी देशभर तीन सय छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।




  • Mr. Admin

थप