महिला शक्ति बिकास केन्द्र नेपालले सम्पन्न गर्याे वडा स्तरिय खुल्ला महिला वक्तित्वकला

  •   १० महिना अघि | २३ मंसिर २०७९, शुक्रबार

काभ्रे ,बनेपा / ग्रामीण महिला  नेतृत्व  बिकास अन्तरगत लैङ्गकि  समानता आजको आबस्यकता शिर्षकमा वडा स्तरिय खुल्ला महिला वक्तित्वकला प्रतियोगिता कार्यक्रम बनेपा नगरपालिका वडा नं. १०  मा  मङ्सिर २१ गते एक कार्यक्रम गरी सम्पन्न भएको छ ।महिला शक्ति बिकास केन्द्र नेपालको आयोजना र बनेपा नगरपालिकाको  सहकार्यमा आयोजित उक्त कार्यक्रम बनेपा नगरपालिकाको उप प्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा अतिथि  वडा अध्यक्ष चन्द्र ब खडका, वडा सदस्यहरु ,अतिथि जनज्याेती माबिका शिक्षक माधब लामिछाने  , शिक्षक नानू आर्याल ,  विभिन्न राजनीति दलका प्रतिनिधि ,नगरबासी ,सन्चारकर्मी लगाएत  महिला शक्ति बिकास केन्द्र नेपालको   क्षेत्रीय  संयोजक सिर्जना प्याकुरेल ,कोरलिडर गोमा गोले कुसुम दुलाल, जुनिएर कोर लिडरहरु
विभिन्न समुहका ब्यक्तिहरुको उपस्थिति रहेको थियोे ।उक्त कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाको उप प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि  निर्मला सापकोटाले महिला र पुरुषको बिचमा गरिने  हिंसानै लैङ्गकि हिसा भएकाले यस्तो हिंसा न्यूनीकरणमा सघाउ पुराउन आफुले सकेको पहल गरिरहेको र बनेपा नगरपालिकामा हिंसा पीडितको लागि राहत कोश बजेट  नै छुट्टायर काम गरिरहेको हुँदा कोहि पनि पिडा सहेर नबस्न र  न्यायका लागि नगरउप प्रमुखकाे कार्यलयकाे ढाेका सधै खुल्ला रहने बताउनु भएको थियोे ।
महिला शक्ति बिकास केन्द्र नेपाल को कोषाध्यक्ष  बिना बस्नेतको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा १५ जना महिला तथा किशोरिहरुको सहभागीता रहेको थियो । लैङ्गकि समानता आजको अवस्यकता भन्ने विषयमा उनीहरुले आफ्ना बिचार तथा धारणा प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रममा उतकृष्ट विचार प्रस्तुत गरी प्रथम पुरस्कार ललिता ढुंगाना द्वितीय पुरस्कार निर्मला थापा र तृतीय  पुरस्कार सर्मिला हुमागाइले पाप्त गरेका थिए साथै सबै सहभागीहरु लाई सान्त्वना पुरस्कारको साथमा प्रमाणपत्र वितरण गरिएको थियोे ।
सभ्य समाजको पहिचान लैङ्गकि हिंसा विरुद्धको अभियान भन्ने मुल नाराको साथ ग्रामीण महिलाहरुमा लुकेर रहेको अन्तरनिहित प्रतीभा लाई बाहिर ल्याउनु नै कार्यक्रमको मुख्य उदेश्य रहेको कार्यक्रमका सभापति तथा महिला शक्त बिकास केन्द्र नेपालको काेषाध्यक्ष  बिना बस्नेतले बताउनु भयो ।
कार्यक्रम संचालन कोर लिडर बिस्नु माया बिजुक्छेले गर्नु भएको थियो । यस सस्थाले बिगत लामो समय देखी  पाँचखाल , धुलिखेल ,बनेपा बेथानचोक लगाएत जिल्लाका विभिन्न ठाउमा कार्यक्रम सन्चालन गरिरहेको छ।

  • सविता न्यौपाने

थप