Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन

के पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा बस्लान्त अनसनसनमा ?

  •   २ महिना अघि | ११ फाल्गुन २०८०, शुक्रबार

पाँचखाल - काभ्रे जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले शुक्रबार देखि अरनिको राजमार्गअन्तर्गत  धुलिखेल ३२ किलोमा अनशन सुरु गरेका छन ।   चार किलोमिटर  धुलिखेल–खावा सडक खण्ड विस्तारको काम अत्यन्तै सुस्त भएको  र जनताले दुःख पाएको भन्दै जिसस प्रमुख गाैतमले अनशसन सुरु गरेका हुन् ।  निर्धारित समयमा काम सम्पन्न गराउन  पटक–पटक  जिल्लास्तरमा सरोकारवालाको  छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेकोले  समयमै काम सम्पन्न नहुँदा यस सडक भएर आवतजावत गर्ने यात्रुले सास्ती खेप्दै  दैनिकजसो दुर्घटना हुने गरेको मैले हेर्न सकिन
जबसम्म काम हुदैन म यहि बस्छु अनसन बसेका जिसस प्रमुख गाैतमले भने संसदमा काभ्रेका सांसदहरूले बाेल्दा प्रधानमन्त्रिकाे ध्यानाकर्षण गराउदा समेत  राजमार्ग बन्दैन भने तेमाल, राेशी ,महाभारतकाे कस्ले देख्ने र बाेल्ने याे प्रतिनिधि घटना हाे जब सम्म काम शुरु हुन्न मेराे अनसन राेक्किन जिसस प्रमुख गाैतमले बाेलेर काम नहुने भएकोले सराेकारवाला सबैलाई साथ र सहयोगकाे लागी  अनुराेध समेत गरेका थिए ।

चार किलोमिटर लामो धुलिखेल–खावा सडक खण्ड विस्तारको काम अत्यन्तै सुस्त भएको भन्दै पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले संसदमा बाटो निर्धारित समयमा नबने अनसनमा बस्ने घाेषना गरेका थिए ।  काभ्रे जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमलाई साथ दिन पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटा आउछन् आउदैनन त्याे भने हेर्न बाकि छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  धुलिखेल–खावा सडक नबनेको थाहा नभएको र पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्याश कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले छिटोभन्दा छिटो बाटो बनाउन पहल गर्ने बताएका थिए  । उनले कार्यक्रम बाट फर्केपछि निर्माण व्यवसायीलाई बोलाएर निर्माण व्यवसायीको केहि समस्या छ भने सम्बोधन गर्ने नत्र भने छिटो भन्दा छिटो बाटो बनाउनका लागि पहल गर्ने बताएका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसरी बाचा गरेको पनि महिनाै भैसकेको छ के अझै प्रधानमन्त्रीलाई बाटाेमा हालसम्म कुनै प्रगति भएको छैन भने जानकारी नभएको हाेकि भासण काेलागी भासन गरे त्यो पनि   जिसस प्रमुख गाैतमकाे अनसन पछिका घटनाले बताउला ।
सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवम् स्तरोन्नतिको काम सक्ने गरी २०७९ साल जेठ २० गते सम्झौता भएको थियो । तर कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।

धुलिखेल–खावा सडक सम्झौताअनुसार काम नगरेर अलपत्र भई रहदा यश क्षेत्र बाट प्रदेसमा जितेका सांसद तथा मन्त्री लक्ष्मण लम्साल, प्रतिनिधि सभा सदस्य रुकमणी राना बराईलि , पुर्ब मन्त्री तथा सांसद गाेगुल बास्काेटा तथा स्थानीय सरकारकाे प्रतिनिधि  वडा अध्यक्ष देखा परेका छैनन् ।
धुलिखेल–खावा सडकले काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र तथा उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । 

  • सुशील राज गिरी

थप