पाँचखालमा निशुल्क शिबिर सम्पन्न

  •   ९ महिना अघि | ३० पुस २०७९, शनिबार

काभ्रे पाँचखाल ग्रामीण महिला बिकास बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड र  पाँचखाल नगरपालिकाको  ब्यबस्थापन तथा काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर  गत पौष २५ मा तिनपिप्लेमा सम्पन्न भयो ।पाँचखाल नगरपालिकाको उप प्रमुख सुर्यमाया दनुवारको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त  शिबिरमा ,विशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल लगाएत विभिन्न सघ सस्थाको प्रतिनिधि , सस्थाको सदस्यहरु सन्चारकर्मी  वडाबासिहरुको उपस्तिथि रहेको थियो ।
उक्त सिबिरमा जनरल मिडिकल ,प्रसुती तथा स्त्री रोग,शल्यक्रिया सर्जरी ,हाडजोर्नी तथा नशा रोग ,नाग ,कान ,घाटि आखा परिक्षन तथा उपचार ,दन्त रोग ,इ सि जि सेवा ,भिडियो एक्सरे सेवा ,ल्याब सेवा लगाएको सेवा तथा निशुल्क  गराइएको थियोे ।उक्त शिबिरमा महिला पुरुष दुबै गरि २३१ जनाले सेवा लिन सफल भएका थिए ।  सिबिरमा उपचार गरेकाहरुमा धेरै जसो पाठेघर ,मोतिबिन्दु ,नशा रोगीहरु  धेरै देखीएको हुनाले थप उपचारको लागी काठमाडौं  मेडिकल कलेजनै पठाइएको र उपचार खर्चमा ५०% सहुलियत हुने भएकोले बिरामी लाई सहज हुने यस कार्यक्रमको  सभाअध्यक्ष तथा ग्रामीण महिला बिकास बहुउद्देश्यीय सहकारी सस्था लि को अध्यक्ष सरस्वती चिमौरियाले जानकारी दिनुभयो ।कार्यक्रमको सन्चालन यस सस्थाको सह सचिब तथा महिला शक्ति बिकास केन्द्र नेपालको कोर लिडर  कुसुम दुलालले गर्नुभएको थियो  ।

  • सविता न्यौपाने

थप