शक्ति बिकास केन्द्रकाे महिलाहरु लाई उधमशिलता र सीप बिकास सम्बन्धि आधारभुत तालीम

  •   १० महिना अघि | २९ मंसिर २०७९, बिहिबार

काभ्रे ,धुलिखेल / ग्रामीण महिला  नेतृत्व सीप  बिकास अन्तरगत महिला शक्ति बिकास केन्द्र नेपालको आयोजनामा उधमशिलाता  सीप बिकास सम्बन्धि ४ दिने आधारभुत तालिम धुलिखेलको जुगल होटेलमा सम्पन्न भएको छ । कार्यक्रम मंसिर २५ गते देखि २८ गते सम्म संचालन हुदा उक्त तालिममा काभ्रेको  पाँचखाल नगरपालिका काे वडा नम्बर ८ ,बेथानचाेक गाउँ पालिका वडा नम्बर २ , बनेपा वडा नम्बर १० साथै धुलिखेल वडा नम्बर ८ का जम्मा ३० जना महिलाहरुको सहभागीता रहेको थियोे । शक्ति बिकास केन्द्र नेपालको क्षेत्रीय  संयाेजक सिर्जना प्याकुरेल, काेरलिडरहरु कुसुम दुलाल, गाेमा गाेले पार्वति केसी लगाएतकाे सहभागितामा चार दिने आवासीय तालिम प्रदान  गरेकाे हो ।
तालिममा सहजिकरण प्रशिक्षक राेसनि उपाध्याय र प्रकास बहादुर कायस्ठ ले गर्नुभएको थियो।उक्त तालिमको  उदघाटन सिर्जना प्याकुरेलकाे सभाअध्यक्षता भएको  थियोे ।कार्यक्रम सञ्चालन काेरलिडर कुसुम दुलालले गर्नुभएकाे  थियो
महिलाहरुले आफै सिपको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुँदै जान सकुन भन्ने  उदेश्यले ४ दिनेतालिम संचालन गरिएको  कोरलिडर गोमा गोलेले जानकारी दिनु भयो ।तालिममा सहभागीहरु लाई प्रमाणपत्र समेत वितरण  गरिएको थियोे ।

  • सविता न्यौपाने

थप