काभ्रे । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत पब्लिक कम्पनीहरु जस्काे लाभांश घोषणा गरिसकेका तर कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइनसकेका कम्पनीको बिहिवार सम्म सेयर खरिद गर्दा लाभांश पाइन्छ ।
फाइनान्स र माइक्रोफाइनान्स समूहका केही कम्पनीको लाभांश घोषणा भइसकेको तर बुक क्लोज हुन बाँकी छ । बिहिवार सम्म यी बैंक तथा वित्तीय संस्थाहरूको सेयर खरिद गर्नेहरुले अझै पनि लाभांशका लागि हकदार हुनेछन् ।
फाइनान्स : लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी फाइनान्स कम्पनीमा श्री इन्भेस्टमेन्ट फाइनान्स मात्रै बाँकी छ । सो कम्पनीको आगामी बिहीबारसम्म सेयर खरिद गर्नेले ५.०५ प्रतिशत नगद (करसहित) लाभांश पाउने छन् ।
माइक्रोफाइनान्स : लाभांश घोषणा गरेर बुक क्लोज नभएका माइक्रोफाइनान्समा समता र धौलागिरिले भने बुक क्लोजको मिति तय गरिसकेका छैनन् । समताले ५.४ प्रतिशत बोनस, र धौलागिरिले १४.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन् ।
- संन्जीब घिमिरे (दधिराम )