काभ्रे वेथानचोक वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आफ्नो पद र शक्तिको दुरुपयोग गर्दै शनिबार र सार्वजनिक बिदा दिन पनि सरकारी सवारी साधनको प्रयाेग गर्ने गरेको पाईएकाे छ । स्थानीय सरकार ऐन २०७४ काे धज्जी उडाउँदै ब्यक्तिगत काम,पार्टीको कामकाे लागि स्थानीय स्रोत साधनको दुरुपयोग गर्नुले बेथानचाेक गाउपालिकामा केहद सम्मकाे ब्यथिती छ भन्ने प्रस्ट हुन्छ । गाउँ गाउँमा सिहं दरबार भनेको त गाउँमा सेवा सुबिधा दिन नभई भ्रष्टाचार गर्न र छाेटे राजा बनाउन पाे रैछ स्थानीय अष्टमान तामाङले भने हजुर हाम्रो करकाे दुरुपयोग भयो याे भष्टचारकाे परकाष्ट हाे याेबेथिति लाई जिल्ला प्रशासन र केन्द्र सम्म पुर्याईदिनुस गरिब काे करकाे दुरुपयोग भयाे याे भ्रष्टाचारले सर्बसाधरणले प्रयाेग गर्ने सामानकाे मुल्य बृद्वी भएको छ अब राेक्नुपछ। स्थानीयकाे प्रमाण सहितकाे याे न्युजले स्थानीय तहमा भएको भ्रष्टाचार काे छानबिन कस्ले कहिले कसरी छानबिन गर्छन हेर्न बाकी छ।
-
Mr. Admin