Breaking News
प्राडा अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा नियुक्त    ||     काभ्रेमा रास्वपाकेन्द्रीय सदस्य रमेश प्रसाईले भने सरकारको झुठो मुद्दा जनतताले पत्याएनन्    ||     पनाैती नगरपालिकाले बन्द गरायाे अविध सकेका रोडा ढुंगा उद्योग ।    ||     काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा    ||     रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।    ||     नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस      ||     धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो    ||     कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।    ||     महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||    

प्रहरीकै ३६ रोपनी जग्गा हडप्ने प्रयास

  •   २ वर्ष अघि | १२ भदौ २०८०, मङ्लबार

काठमाडौं । काभ्रेको पनौतीमा राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवनको जग्गा हिनामिनाको प्रयास भएको छ । किर्ते कागजपत्रका आधारमा बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिका नाममा लगिएकै शैलीमा प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिले हत्याउने प्रयास भइरहेको खुलेको हो ।

वन क्षेत्रमा पर्ने कुल ४१.८६ हेक्टर जग्गामा प्रतिष्ठानको भवन निर्माण हुन लागेको मध्ये ३६ रोपनी जग्गा व्यक्तिको नाममा लैजाने प्रयास भएको हो । नेपाल सरकारले ०५२ सालमै नेपाल प्रहरीलाई भोगचलनका लागि अधिकार दिएको थियो । तर, प्रहरीले भोगचलन गरिरहेकै अवस्थामा स्थानीय पुष्करबहादुर बस्नेतले उक्त जग्गा आफ्नो दाबी गर्दै सर्वाेच्चमा मुद्दा हालेका छन् ।

उनले जग्गा आफ्नो नाममा दर्ताको माग गरी सर्वोच्चमा मुद्दा हालेपछि प्रहरी प्रतिष्ठानले पनि केही दिनअघि सिआइबीमा जाहेरी दिएको छ । आन्तरिक छानविनका क्रममा बस्नेतले मालपोत र नापी कार्यालयकै नक्कली कागजपत्र तयार पारी हत्याउने प्रयास गरेको प्रतिष्ठानको दाबी छ ।

  • Chhadke Online

थप