काभ्रेपलाञ्चोक । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले अपेक्षित मत ल्याउन नसकेको र पार्टी बिपरित कार्य भएको निष्कर्ष सहित पार्टी बिपरित कार्य गर्ने नेता र सदस्य लाई स्पस्टिकरण साेध्ने र कारबाहीगर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी समीक्षा बैठकले निर्णय गरेको काभ्रे जिल्ला सभापति प्रविन ढकालले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सचिवालयले शुक्रबार मंसिर १५ गते सबै तह तप्काका नेता सदस्य र उम्मेदवार बाेलाई समीक्षा बैठक राखी राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले स्पस्टिकरण साेध्ने र कारबाहीगर्ने भएको हाे। संचारकर्मी रबिलामिछाने सभापति रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेमा तेस्रो शक्ति काे रुपमा उदय भएकाे छ।गठबन्धन शक्ति बिचमा अन्तरघातकाे कुरा भईरहदा काभ्रेमा संगठन नभएको भनीएकाे पार्टी तेस्रो हुनुले काभ्रे राजनीतिमा घण्टी बजेकाे छ भने निर्वाचन समीक्षा बैठकमा पार्टी शुद्धीकरण र संगठन बिस्तारमा केन्द्रीत भेलाले परिवर्तनको बिचार बाेकेका स्वतन्त्र वा जुनसुकै दल र पार्टी बाट आउने साथीहरुलाई स्वागत गरिने तर राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले पार्टी बिपरित कार्य गर्ने लाई स्पस्टिकरण साेध्ने र कारबाहीगर्ने निर्णय गरेको हाे ।राष्ट्रिय स्वतन्त्र पार्टीमा राजनीतिक बितृष्णा भएका र अबसरनपाएका पुराना अनुहार छन् भनेर बजार तातेकाे बेला पार्टी सुदृढीकरण अभियानले राष्ट्रिय स्वतन्त्र पार्टीमा कति सदस्य र कार्यकता छन् भन्ने अनुमान गर्न गार्हो भएको राजनीति बिशलेसक बताउँछन् ।काभ्रेमा छाेटाे समयमा आक्रमक तरिकाले संगठन बिस्तार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चाैथाे र काभ्रेमा तेस्रो निर्णायक शक्ति बनेकाे छ।राष्ट्रिय स्वतन्त्र पार्टी लाई रबिन्द मिश्र संग तुलना गर्ने र १ सिट जित्दैन भन्नेहरु समेत राष्ट्रिय स्वतन्त्र पार्टी भारतकाे आम आदमी पार्टी र केजरी बाल संग तुलना गर्न थालेका छन्। नेकपा एमालेका नेता भिम रावलले मध्या अबधिकाे चुनाव भए राष्ट्रिय स्वतन्त्र पार्टीले स्पस्ट बहुमत ल्याउने बताईरहदा काभ्रेमा कसकलाई स्पस्टिकरण साेध्ने र राष्ट्रिय स्वतन्त्र पार्टीकाे सदस्य कति भनेर बाहिर जानकारी दिएकाे छैन।
- रामकृष्ण तिमल्सिना