काभ्रे —बनेपा पौष २३ गते काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका –वडा नं. ८ बस्ने उत्कर्श दाहालले बनेपा तीनदोबाटोमा पार्किङ गरेर राखेको स्थानबाट बागमती प्रदेश ०२–०३२ प ६६४४ नम्बरको २०० सिसि एन.एस पल्सर मोटरसाइकल पार्किङ गरेको ठाउँमा नभेटेपछि बाईक हराएको भनी काभ्रे प्रहरीमा उजुरी दिएका थिए । दाहालको उजुरीपछि प्रहरीले खोजतलास गर्नेक्रममा साेहि नं. बागमती प्रदेश ०२–०३२ प ६६४४ नम्बरको २०० सिसि एन.एस पल्सर मोटरसाइकल सहित पाँचखाल नगरपालिका-६ का २१ वर्षीय सुनिल अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । हराएको भनिएको बाईक प्रहरीले चेकजाँच र खोजतलास गर्नेक्रममा प्रहरीले अधिकारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएकाे छ ।
बाईक सगै पक्राउ परेका अधिकारीलाई चोरी मुद्दामा बुधबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जानकारी दिएको छ ।
- शम्भु प्रसाद रिमाल