काभ्रे – काभ्रेपलान्चाेक जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका स्तरीय बिस्तारीत बैठक तथा संगठन बिस्तार तिब्र रहेको जिल्ला सचिवालय सदस्य सुशील राज गिरीले बतताउनु भएको छ। शनिबार काभ्रेपलान्चोक जिल्लाकाे क्षेत्र नं. १ काे राेशी गाउपालिका र तेमाल गाउँपालिकामा पालिका भेला सम्पन्न भएको छ । जसमा राेशी गाउपालिका भेलाले बिशाल लामाकाे नेतृत्वमा ११ सदस्य कमिटी गठन गरेको छ भने तेमाल गाउपालिका भेलाले रेशम लामालाई सभापतिमा निर्वाचित गरेको छ ।तेमालले काभ्रे क्षेत्र नं. १ काे निर्वाचनमा तथा राष्ट्रिय राजनीतिमा ठुलो भुमिका खेल्ने राजनीतिक बिश्लेशक तथा स्थानीयकाे दाबि छ। शनिबार भएको तेमालको नारायणथानमा सम्पन्न भेलाले उपसभापति विमला तामाङ (वडा नं. १), सचिवमा प्रदीप मैनाली (वडा नं. ७), कोषाध्यक्षमा अक्कल लामा (वडा नं. ४), सदस्यहरु सुनिल लामा (वडा नं. ३), जिन्लाव तामाङ (वडा नं. ५), कुमार पाण्डे (वडा नं. ७), विरसिं तामाङ (वडा नं. ३), देवबहादुर तामाङ (वडा नं. ५) काे कमिटी चयन गरेको छ भने संगठन विभाग प्रमुख ङेमा (निमा) लामा (वडा नं. ६), प्रचार प्रसार विभाग प्रमुख नेरु लामा (वडा नं. ६), प्रशिक्षण विभाग प्रमुख सूर्यबहादुर लामा (वडा नं. ८) लाई भेलाले सर्बसम्मत निर्वाचित गरेको छ ।
सभापतिमा निर्वाचित रेशम माओवादी केन्द्रको पुरानो नेता हुन् भने संगठन विभाग प्रमुख रहेका निमा माओवादी केन्द्र हुँदै मालेमा प्रवेश भएका व्यक्ति हुन् । त्यसैगरि प्रचार प्रसार विभाग प्रमुख नेरु एमालेको पुरानो कार्यकर्ता हुँदै पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा सक्रिय थिए भने सूर्यबहादुर ०७९ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको वागी उम्मेदवार बनेका व्यक्ति हुन् ।तेमाल तथा राेशीमा भएको पालिका भेलालाई प्रमुख अतिथिमा रमेश खरेल तथा अतिथि जिल्ला संयोजक प्रविण ढकाल, वागमती प्रदेश निवर्तमान सभापति दिपक विश्वकर्मा, बागमती प्रदेश सदस्य बासुनारायन श्रेष्ठ, जिला सचिवालय सदस्य सुशील राज गिरी, ,क्षेत्रिय समिति सदस्य ई. छेवाङ योञ्जन र मधु कुमार चाैलागाई, प्रकास तिमल्सिना र नवराज हुमगाई लगाएतकाे उपस्थिति रहेको थियोे ।
- दधिराम घिमिरे