काभ्रे । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए । भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । भूकम्पमा १४० जना घाइते भएका जानकारी प्राप्त भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालका अनुसार जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
घाइतेको जिल्ला अस्पताल र प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
- धनेद्र पण्डित