काभ्रे : काभ्रेपलान्चोक जिल्ला र भक्तपुरकाे सिमाना साँगामा बस दुर्घटना भएको छ। भक्तपुरकाे सुर्यबिनायक नगरपालिका ९ साँगामा बुधबार बस दुर्घटना भएको हाे ।काठमाडौं बाट धुलिखेल जादै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा दुर्घटना भएको र दुर्घटनामा बसमा सबार यात्री मध्य आठ जना घाइते भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेको घाइतेकाे अबस्था सामान्य रहेको र घाइतेकाे भक्तपुर स्थित मध्यपुर ठिमी र ईवामुरा अस्पतालमा उपचार भईरहेकाे जानकारी प्राप्त भएको छ।बसमा १५ जना सवार थिए घाइते तथा बसमा सवार सबै यात्रि काे उद्वार भईसकेकाेले दुर्घटना के कारणले भएको हाे अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।
- शम्भु प्रसाद रिमाल