Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।

  •   २ महिना अघि | १ फाल्गुन २०८०, मङ्लबार

काभ्रे     काभ्रे पाँचखाल न.पा. ८  पचास किलो स्थित अरनिको राजमार्ग सडक खण्डमा दोलालघाटबाट जिरो किलो तर्फ आउँदै  गरेको बा.प्र. ०२-०३४ प. ३३२१  मोटरसाईकल  आफै अनियन्त्रित भई बिपरित दिशाबाट आएको  बा.३ ख. ७२०४ नं. को आईचर गाडि सँग ठोक्किई  दुर्घटना भएको छ ।मंगलबार पाँचखाल-८ को ५० किलोमा भएको  मोटरसाइकल र आइचर ठोक्किएकाे दुर्घटनामा  मोटर साईकल चालक  जिल्ला सिन्धुपाल्चोक ईन्द्रावति गाउपालिका वडा नं.७ बस्ने बस्ने बर्ष २८ को मुरारी कार्कीकाे उपचारको क्रममा  धुलिखेल अस्पतालका  डाक्टरले मृत घोषणा गरेको जानकारी प्राप्त भएको छ । मंगलबार भएको दुर्घटनामा   एकजनाको मृत्यु र  मोटरसाईकलकाे पछाडि सवार जिल्ला सिन्धुपाल्चोक ईन्द्रावति गाउपालिका  ७ बस्ने राजन दङ्गाल घाइते भएको र उपचार भईरहेकाे जानकारी प्राप्त भएको छ। आईचर चालक जिल्ला काभ्रे भुम्लु गाउपालिका ४ बस्ने पुर्ण ब. लाई पाँचखाल प्रहरीले  नियन्त्रणमा राखी हालको लागि यातायात  दुबै तर्फ सुचारु रहेको पाँचखाल प्रहरीले बताएको छ ।

  • धनेद्र पण्डित

थप