Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

मतदाता परिचयपत्र हराए फागुन २० गतेसम्म निवेदन दिन मतदाताहरू लाई समयसीमा

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

काभ्रे । जिल्ला निर्वाचन आयोग काभ्रेपलाञ्चोकले फागुन २० सम्म मतदाता परिचयपत्र हराएका नागरिकहरूलाई निवेदन दिन अनुरोध गरेको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले भन्नुभयो–अहिले मतदाता परिचयपत्र हराएका र कुनै कारण मतदाता परिचयपत्र फेला नपरेका व्यक्तिहरूले आयोगको कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

स्थानीय निर्वाचन नजिकिदै गर्दा मतदानमा फोटो सहितको मतदाता परिचयपत्र अनिवार्य गरेकाले यस अघि मतदानमा भाग लिई मतदाता परिचय पत्र हराएका वा कुनै कारणवस नष्ट भएका नागरिकले आफ्नो वडा कार्यालयको सिफारिसमा जिल्लामा मतदाता नामावली पुन अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिँदै निर्वाचन प्रमुखले यस अघि कायम भएको १८९ वटा मतदान स्थलका ३५० वटा मतदान केन्द्र हाल पनि कायमै रहेको जानकारी दिनुभयो ।

काभ्रेपलान्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७७ हजार २ सय ९२ जना मतदाता रहेका थिए भने २०७८ माघ २५ गतेसम्म काभ्रेपलान्चोक जिल्लामा ३ लाख मतदाता पुगेका छन् । मतदाताहरूको नामावली अद्यावधिक हुने कार्य भइरहेकाले उक्त सङ्ख्या थपघट हुन सक्ने बताइएको छ । छैठौ‌ निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहको आगामी २०७९ बैशाख ३० गते हुने निर्वाचनको तयारी शुरु गरिएको बताउनु भयो ।

  • Mr. Admin

थप