Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चारजनाको हत्या

  •   २ वर्ष अघि | ३० भदौ २०८०, शनिबार

          काठमाडौ।     काठमाडौंको तीनकुनेस्थित  गैह्रीगाउँमा चारजनाको हत्या भएको छ । हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । 

गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बाह्रखरीलाई जानकारी दिए ।

कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । घटना गएराति ११ : ५५ बजे घटेको एआईजी थापाले जानकारी दिए । 

धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • Chhadke Online

थप