Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

काेराेनाकाे त्रास: उद्धारको पर्खाइमा नेपाली विद्यार्थी

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

बेइजिङ, १३ माघ – चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा छन्। चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्।


‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौं’ नेपाली विद्यार्थीले भनेका छन्। उनीहरुले सकेसम्म छिटो स्वदेश फर्कने व्यवस्था मिलाइदिने दूतावास समक्ष आग्रह गरेका छन्। ‘हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौं तर अहिले यहाँबाट उम्कन चाहन्छौं।’ उनीहरुले भनेका छन्। भाइरस सङ्क्रमित भइन्छ भन्ने र तनाबमा नेपाली विद्यार्थी छन्।


सबैभन्दा प्रभावित शहर ऊहानसँगै हुपै प्रान्तभित्रका अरू शहरमा सबै किसिमका यातायात निषेध गरिएको छ। जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूतावास अधिकारी बताउछन्। ऊहानमा रहेका नेपालीहरूले यातायात पूरै बन्द भएका कारण दूतावाससमक्ष स्वदेश फर्कने व्यवस्था मिलाउनका लागि अपिल गरेका छन्। चीनमा उपचार विधि सुलभ र सुविधाजनक भएपनि नेपाल नै फर्कन चाहेका छन्। कोही भने चीनमा नै सही उपचार पाउने भएकाले यतै रहँदा उचित हुने पनि बताउछन्। त्यसै गरी स्वदेश फर्कन पैसा नभएकोले कतिपय विद्यार्थी चाहेर पनि फर्कने अवस्थामा छैनन्। नेपाल सरकार र दूतावासको पहलको आशमा ऊहानका नेपाली छन्।


हालै अमेरिकाले ऊहानमा रहेको नियोग र आफ्ना नागरिकलाई स्वदेश लैजाने समाचार प्रकाशमा आएको छ। त्यसैगरी फ्रान्स र जापानले पनि चार्टड विमानबाट आफ्ना नागरिकको उद्धार गर्ने जनाएको छ। सबैभन्दा प्रभावित हुपै प्रान्तको ऊहान शहरमा हालसम्म कोही विदेशीमा भाइरस संक्रमण भएको समाचार पुष्टि भएको छैन।


हालसम्म यस भाइरसबाट मृत्यु हुनेहरु सबै ऊहान शहरका हुन् र चीनका अरू शहरमा र विदेशमा भेटिएका संक्रमितहरु पनि अधिकांश ऊहान शहरबाट गएका रहेको पाइएको छ। हाल चीनका अरू धेरै शहरमा पनि संक्रमण फैलिन नदिन यातायातमा प्रतिबन्ध लगाइको छ।


यसै बीच नेपाली दूतावासले ऊहानमा रहेका नेपालीलाई लक्षित गरी सूचना आदान-प्रदान गर्न विच्याटमा समूह निर्माण गरेको छ। नियोग उपप्रमुख सुशिल कुमार लम्सालले दूतावासले चीन सरकार, हुपै प्रान्तीय सरकार र ऊहान नगरपालिकासँग नियमित सम्पर्क गरिरहेको र नेपाल सरकारलाई यस बारेमा जानकारी गराइरहेको जानकारी दिए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

  • Mr. Admin

थप