Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

एमाले नेता सुवास नेम्वाङको निधन

  •   २ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ । राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो ।

बिहान सवा ४ बजे नेम्वाङको निधन भएको थियो । राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ । परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङ विसं २०२८ बाट राजनीतिमा सक्रिय थिए । स्नातक अध्ययनका क्रममा विसं २०२८ सालमा अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए । 

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले)मा संगठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । 

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रसभामुख भएका थिए । 

उनले विसं २०३२ देखि २०६३ सम्म भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । 

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।

  • Chhadke Online

थप