राष्ट्रिय स्वतन्त्र पार्टीको नेता असिम साह काभ्रे आउदै

  •   ३ महिना अघि | २२ असार २०८०, शुक्रबार

काभ्रे  राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संघीय साम्सद लाई जिल्लाको समस्या सुन्न र संगठन बिस्तार काे लागि जिम्मेवारी ताेकेपछी  काभ्रे जिल्लाको जिम्मेवारी पाएका राष्ट्रिय स्वतन्त्र पार्टीको नेता माननीय असिम साह शनिबार काभ्रे आउन लागेकाे राष्ट्रिय स्वतन्त्र पार्टी संस्थापक जिल्ला सचिव सुशील राज गिरीले बताए ।मिसन ८४ अन्तरगत राष्ट्रिय स्वतन्त्र पार्टी संगठन बिस्तारमा आक्रमक रुपम अघि बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा हाल कांग्रेस ,एमाले ,माओवादी लगाएतकाे पार्टी परित्याग गरि रास्वपाकाे सदस्य बन्ने बढे संगै ठुला र पुराना पार्टीको टाउको दुखाइ बनेकाे रास्वपा पार्टीलाई सदस्य संगठन र पाेर्टाेकल सहित पद मिलाउनु ठुलो चुनाैती बन्दै गएको छ ।जिल्लामा फरक पुरानो ठुला पार्टीको नेता सदस्य बने संगै पार्टी धुर्बिकरण र गुट सुरु भएको आकलन गर्न थालिएको छ। शनिबार हुने कार्यक्रम पाँचखाल र बनेपा लाई सम्बाेधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको नेता माननीय असिम साह र पुर्ब डिआईजी रमेश खरेल काभ्रे आउन लागेको हुन ।

  • Chhadke Online

थप