Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

२० पौष, काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने १९ सिटका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


उम्मेदवारी दर्ताका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाड गरेर उम्मेदवारी दर्ता गर्ने भएका छन् । दलहरूले ७ जना महिला, ३ जना दलित, २ जना अपांगता भएका तथा अल्पसंख्यक र ७ जना अन्य क्लस्टर गरी १९ सिटका लागि हुने उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।


निर्वाचन आयोगले सातवटै प्रदेश निर्वाचन कार्यालयमार्फत उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ । प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुने छ । आज दर्ता भएका उम्मेदवारीउपर भोलि उजुरीको कार्यसूची छ भने २२–२३ पुसमा उजुरीमाथि छानबिन हुने छ । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता गराएका छन् ।

  • Mr. Admin

थप