Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

पाँचखालको पुरातत्वको खोज, महाभारत ट्रेल र बुद्ध सर्टिकको गुरुयोजना तयार गर्न सञ्चारमन्त्री छलफलमा

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

१० मंसिर, काठमाडौं– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाल बाँस्कोटा काभ्रेको पाँचखालमा रहेको पुरातत्वको खोजी, महाभारत ट्रेल र बुद्ध सर्टिकको गुरुयोजना तयार गर्न छलफलमा जुट्नुभएको छ ।



मन्त्री बाँस्कोटाले पर्यटन मन्त्रालयका सचीब केदार बहादुर अधिकारी ,पर्यटन बिभागका महानिर्देशक डण्डुराज घिमिरे तथा प्राबिधिक बीच काभ्रे जिल्लाका पर्यटन सङ सम्बन्धित परियोजनाका सन्दर्भमा आफ्नै कार्यकक्षमा छलफल गर्नुभएको हो ।


छलफलमा मन्त्री बाँस्कोटाकै परिकल्पनाको महाभारत ट्रेल (लाकुरी भञ्ज्याङ्–गुर्दुमडाडा–गोह्वाभञ्ज्याङ्–नारायणस्थान–कामिडाडा–भुमेचुली–घ्याङडाडा) निर्माणको कार्यप्रगती बिभागका तर्फबाट पेस भएको थियो । मन्त्री बाँस्कोटाले महाभारत ट्रेलको थप कार्य अगाडि बढाउन निर्देशन समेत दिनुभएको थियो ।

मन्त्री बाँस्कोटाले काभ्रे जिल्लाको महत्वपूर्ण परियोजना बुद्ध सर्किट (नाला काशी भञ्ज्याङ्–टन्चोक–धुलिखेल–नमोबुद्ध–तिमाल तोङशोङकुण्ड) निर्माणको कार्य तथा बृहत् योजना तयार गर्ने, पाँचखालको एतिहासिक पुरातत्वको थप खोज अनुसन्धान गरि बृहत गुरुयोजना तयार गर्ने र आगामी कार्यक्रममा समाबेश गर्ने तथा तिमाल तामाङ संग्रहालय निर्माण कार्यलाई आगामी कार्यक्रममा समाबेश गर्ने विषयमा छलफल गर्नुभएको थियो । छलफलमा प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर दोङको समेत सहभागिता थियो ।

  • Mr. Admin

थप