Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

आन्तरिक पर्यटकले कुश्मा बजार भरिभराउ

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ ।२० चैत, पर्वत। साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ ।


कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो । दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ भित्रिने गरेका छन् ।पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एक साताअघिदेखि नै होटल बुकिङ हुन थालेको सञ्चालकहरुको भनाइ छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् ।


चैतेदसैंमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने भक्तजनका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको हो । मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकहरुले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठ जानकारीले बताए ।



  • Mr. Admin

थप