Breaking News
मोहनबहादुर बस्नेत अब सांसद रहेनन् ।    ||     चण्डेश्वरी जात्रामा खुकुरी प्रहार    ||     एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||    

पर्यटन व्यवसायीलाई प्रविधिमैत्री तालिम

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

२६ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले सातै प्रदेशका पर्यटन व्यवसायीलाई पर्यटन प्रडक्ट प्याकेजिङ र डिजिटल तालिम दिन सुरु गरेको छ ।


बोर्डका अनुसार प्रदेश नम्बर १ का ८ जिल्लाका २५ व्यवसायीलाई २६ फागुनदेखि तालिम दिन सुरु गरिएको छ । तालिम इलामको इलाम नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएको बोर्डले जनाएको छ ।डिजिटल माध्यमबाट व्यवसायको प्रवर्द्धन गर्ने, प्रदेशमा रहेका विभिन्न पर्यटन गन्तव्य, आकर्षणलाई सही ढंगले प्याकेजिङ गर्न सिकाउने गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ  ।


सैद्धान्तिकसहित व्यवहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले बोर्डले स्थानीय निकाय, विज्ञ, पर्यटन व्यवसायसँग निरन्तर सहकार्य गरिरहेको समेत बताएको छ ।२७ फागुनसम्म सञ्चालन हुने तालिममा कम्तिमा प्रदेशका ५० स्थानलाई नक्सामा समावेश गर्ने, फोटोसहित विवरणलाई अद्यावधिक समेत गरिनेछ ।


आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भइसकेको अहिलेको अवस्थामा तालिमले दक्ष जनशक्ति तयार गर्न, स्थानीयलाई डिजिटल माध्यमबाट जोडिन सघाउने विश्वास नेपाल पर्यटन बोर्डले गरेको छ ।


यसअघि २० देखि २२ फागुनमा बोर्डले लुम्बिनी प्रदेशका ४० व्यवसायीहरुलाई भैरहवामा तालिम दिएको थियो ।

  • Mr. Admin

थप