Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

कांग्रेसले रुख चिन्हमा सातै छाप मत मागेपछि पाँचखालमा गठबन्धनभित्र बबाल

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

२७ वैशाख, काभ्रेपलाञ्चाेक/ पाँचखाल नगरपालिकामा गठबन्धन गरेका नेपाली कांग्रेस र नेकमा माओवादी केन्द्रबीच मनमुटाव उत्पन्न भएको छ ।

पाँचखालमा नगर प्रमुख पदमा कांग्रेस र उपप्रमुख पदमा माओवादीले गठबन्धन गरेर उम्मेदवार उठाएका छन् । तर मत बदर हुने डरले नेपाली कांग्रेसले सातवटै छाप आफ्नै पार्टीको चुनाव चिन्हमा हाल्न कार्यकर्तालाई सर्कुलर गरेको हो ।

स्थानीयत हमा गठबन्धन हुँदा मतदान कसरी गर्ने भन्नेमा यसपटक अन्योल देखिएको छ । जसका कारण मत बदर हुने भय गठबन्धन आवद्ध दलमा देखिएको हो । नगर प्रमुखमा कांग्रेसलाई मत दिएर फेरि उपप्रमुख माओवादीलाई मत दिँदा मतदाता झुक्किने डरले कांग्रेसले उपप्रमुखमा पनि रुख मै मत हाल्न सिकाइरहेको छ । यसले पाँचखालमा रहेका माओवादीका नेता कार्यकर्ता भने आक्रोशित बनेका छन् । नाम गठवन्धनको लिने अनि चुनाव माओवादीको साथले जित्न खोज्ने र माओवादीका उम्मेदवारलाई हराउने रणनीति लिएको उनीहरुको आरोप छ ।

पाँचखालमा नगर प्रमुख पदमा कांग्रेसबाट महेश खरेल उम्मेदवार बनेका छन् भने माओवादी केन्द्रले पाँचखालमा चेतप्रसाद गौतमलाई उम्मेदवार बनाएको छ ।

  • Mr. Admin

थप