Breaking News
प्राडा अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा नियुक्त    ||     काभ्रेमा रास्वपाकेन्द्रीय सदस्य रमेश प्रसाईले भने सरकारको झुठो मुद्दा जनतताले पत्याएनन्    ||     पनाैती नगरपालिकाले बन्द गरायाे अविध सकेका रोडा ढुंगा उद्योग ।    ||     काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा    ||     रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।    ||     नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस      ||     धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो    ||     कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।    ||     महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||    

काभ्रेमा गोकुल बाँस्कोटा र शिव हुमागाई लाई चुनाैती दिदै राष्ट्रिय स्वतन्त्र पार्टी

  •   २ वर्ष अघि | ७ मंसिर २०७९, बुधबार

काभ्रे : राष्ट्रिय राजनीतिमा काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २  विशेष चासोको रूपमा हेरिएको निर्वाचन क्षेत्रमा पर्छ।यो क्षेत्रबाट  मंसिर ४ गते भएको  निर्वाचनमा  नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पुर्व मन्त्री गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं चुनावी मैदानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी काे सभापति रबि लामिछाने आउने कुराले मिडियामा स्थान पाएकाेभएतापनि  रबि लामिछाने उठ्ने भनेकाे क्षेत्र मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट दिनेश हुमागाईले टिकट पाएका थिए।

काभ्रे–२ मा बाँस्कोटा र हुमागाईं लाई टक्कर दिने र राजनीतिक बृतमा  बैकल्पिक शक्तिकाे रुपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव कस्काे पक्षमा जाला भनेर राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। नेता हुमागाईंलाई गठबन्धनको समर्थन रहेको थियोे भने एमाले  नेता बाँस्कोटा यसपालि एक्लै चुनावी मैदानमा उत्रिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमगाई राजनीति बृतिष्णा भएको र राजनीति बाट बाक्क भएको भाेटर युवा जमातकाे साथमा रबि लामिछाने लाई काभ्रेमा चुनावी सभा गराएर चुनाबि पासा पल्टाउने दाउमा रहेकोले  काभ्रे राजनीतिमा यसबेला विभिन्न आकलन सुरु गरिएको छ।

काभ्रे का राष्ट्रिय दल र तिनका उम्मेदवार हराउन करिब ६ महिना अघिदेखि एमालेका नेता बाँस्कोटाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका स्वतन्त्र उम्मेदवार मनोज पण्डित लगायत १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएकाले यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई बैकल्पिक प्रतिस्पर्धीको रुपमा हेर्न सुरु  गरिएको छ।  याे संगै काभ्रेमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई निर्णायककाे भुमिकामा हेरिएको छ भने अहिले मत गणनामा कस्ले जित्ने अनुमान गर्न गाह्रो भएको राजनीतिक बिश्लेशक बताउँछन् ।

  • सुशील राज गिरी

थप