राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको चुनाव लक्ष्यित पार्टी प्रशिक्षण तथा शुभकामना कार्यक्रम सम्पन्न

  •   ११ महिना अघि | १४ कार्तिक २०७९, सोमवार

काभ्रे – राष्ट्रिय स्वतन्त्र पार्टी बाग्मती प्रदेशले आफ्नो उम्मेदवार र काभ्रे क्षेत्रका नेताहरू लाई चुनाव लक्ष्यित पार्टी प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । चुनाव लक्ष्यित पार्टी प्रशिक्षण कार्यक्रम बागमती प्रदेश चुनाव प्रचार कमीटि भरत गुरुङले संचालन गर्नुभएकोमा कार्यक्रममा प्रशिक्षक बाग्मती प्रदेश सभापति दीपक विश्वकर्मा तथा बागमती प्रदेश प्रवक्ता उत्सब अर्यालले चुनाव लक्ष्यित प्रशिक्षण दिनुका साथै नेता र उम्मेदवार संग अन्तरक्रिया र सुभकामना आदन प्रदान गरि कार्यक्रम सम्पन्न भएको थियो । काभ्रेक्षेत्र नं.१ काे मुटु भकुन्डेमा आईतवार राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोक- १का उम्मेद्वार बासु नारायण श्रेष्ठ का साथै समानुपातिक उम्मेदवार रुपा संकर र दिपक बिश्वकर्माले उपस्थिति नेता लाई मत परिवर्तन काे लागि जनतामा जान सहयोग अपिल गर्दै जिम्मेवारी दिनुभयो ।क्षेत्र नं.१ काे निर्वाचन संयाेजक क्षेवाङ याेन्जनले राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी रणनीति र चुनावी घरदैलो एवं प्रचारप्रसारमा पार्टी अगाडि बढीसकेकाे जानकारी गराउनुभयाे। आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बासु नारायण श्रेष्ठले नेकपा एमाले र गठबन्धन लाई चुनाैती मात्र दिएका छैनन् प्रतिनिधिसभा काभ्रे - १ मा जित निकाल्न कम्मर कसेर लागेकाछन् ।निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेद्वारहरू चुनावी घरदैलो एवं प्रचारप्रसारमा व्यस्त हुदा काभ्रे क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ले घण्टी कति बजाउला हेर्नभने बाकी नै छ।

  • Chhadke Online

थप