प्रधानमन्त्री प्रचण्ड अगाडी एक व्यक्तिद्धारा पेट्रोल खन्याएर आफैंलाई जिँउदै जलाउने प्रयास

  •   ८ महिना अघि | १० माघ २०७९, मङ्लबार

काठमाडौं  ।  काठमाडौं   संघीय संसद भवनअगाडि आज माघ १० गते   प्रधानमन्त्री प्रचण्ड संसद भवनबाट बाहिर निस्कदै गर्दा  एक व्यक्तिले आफैंलाई आगो लगाएर जिँउदै जलाउने प्रयास गरेका छन् ।
   इलाम जिल्ला पञ्चकन्याका नगरपालिका बस्ने प्रेमप्रसाद आचार्यले  संघीय संसद भवनअगाडि बानेश्वरबाट तीनकुने मार्गकाे मुख्य सडककै बीचमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह काे प्रयास गरेका थिए भने  प्रधानमन्त्री प्रचण्डकाे सवारी साेहि बाटाे निक्लेकाे प्रत्यक्ष दर्सीकाे भनाई छ । प्रधानमन्त्री प्रचण्डकाे सवारी पश्चात् त्यहा वरपरका मानिस र  प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर  लगेको जानकारी प्राप्त भएकाे छ ।आचार्यले संसद भवन अघि आत्महत्या गर्न खोज्नुको कारण खुलेको छैन भने उनकाे अबस्था चिन्ता जनक रहेकाे बुझिएकाे छ।

  • शुशिल राज गिरी

थप