Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

यस्तो छ नमोबुद्ध वडा नं. १ का जनतासँग वडा अध्यक्षका उम्मेदवार पाण्डेको प्रतिबद्धता

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

२६ वैशाख, काभ्रेपलाञ्चोक/ विद्यार्थी राजनीतिबाट नेकपा एमालेमा स्थापित युवा नेता निरोज पाण्डे नमोबुद्ध नगरपालिका वडा नं. १ को चौतर्फी विकासमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेका तर्फबाट वडा नं. १ को अध्यक्ष रहेका पाण्डेले सडक, खानेपानी देखि सुन्दर वडा बनाउन सडक बत्ती र सडकको दायाँबायाँ फुलबारीको समेत अवधारणा अघि सारेका छन् ।


दुई दशक भन्दा बढी राजनीति सक्रिय रहेका पाण्डेले मथुरापार्टी सहिद पार्क, चौतारो मन्दिर, गुम्बा सहित वडालाई सवल बनाउन १५ वटा विशेष महत्वका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समय राजनीतिमा सक्रिय रहेर युवाहरूको ढुकढुकी बनेका पाण्डेले वि.पि राजमार्ग देखि थपलिया चोक सम्मको बाटो पिच गर्ने, गहते देखि लाकुरी भन्ज्याङ्गसम्म जोडने बाटो स्तर उन्नती गर्ने, धोविधारा पार्क, टासि छोइलिङ गुम्बा निर्माण तथा मथुरापाटी सहिद पार्क संगै चौतारा निमार्ण , फूलबारी देखि मथुरापाटी र नमोबुद्ध देखि श्यामपाटी सम्म सडक लाइट तथा रोड साइड प्लानटेशन गर्ने, सातपत्रे सत्याल कुलाइन थानमा र आचार्य गाँउ देखि पुरानो धारा सम्म सिढि निर्माण गर्ने, धारापानी बधेली, गहते बन, सितापाइला र बधेलीपाखामा पिकनिक स्पट निर्माण गर्ने, कात्तिके खानेपानी आयोजनाको पूर्णता र सिढि निर्माण गर्ने, छोयलिङ गुम्बा खानेपानी लिफ्टिङ गर्ने, नर्चलडाडा, पाण्डे गाउँ, आचार्य गाँउ , फलाटेधारा र थापा गाउँ जाने बाटो स्तर उन्नती गर्ने, माख्लोचौर डिलमुनी नयाँ मोटरबाटोको निर्माण गर्ने, सिमलचौर देखि खानेपानी मुहान सम्म कृषि सडक निर्माण गर्ने, मथुरापाटी र श्यामपाटीमा खेल मैदान तथा बुटिक पार्क निर्माण गर्ने, श्यामपाटी सिवालय मन्दिर निर्माण गर्ने, गोदारगाँउ देखि बाह्र मुरे सम्म र श्यामपाटी देखि लकाइने सम्मको सडकको नयाँ ट्रयाक खोल्ने र मथुरापाटी–श्यामपाटी– कालिका मन्दिर–सिता पाइला–नमोबुद्ध सम्म पर्यटन मैत्री पदमार्ग निर्माण गर्ने, होम स्टेको बिकास र प्रबर्द्धन, पर्यटन, कृषि , सहकारीको प्रबर्द्धन, गुणस्तरीय शिक्षाको लागि सरकारी बिद्यालयको स्तर उन्नति , तालीम तथा कुशल ब्यबस्थापन गर्ने, जेहेन्दार तथा बिपन्न बिद्यार्थिहरुको लागि निशुल्क उच्च शिक्षाको ब्यबस्थापन गर्ने ।, स्वास्थ्य चौकीलाई ब्यबस्थित गर्दै बर्थिङ सेन्टर सुचारु तथा एम्बुलेन्स सेवा संचालन गर्ने जस्ता याेजना अघि सारेका छन् ।


  • Mr. Admin

थप