कुबेतमा बालुवाकाे ढिस्काेले पुरिएर ६ नेपालीकाे मृत्यु, चारकाे पहिचान

  •   १ वर्ष अघि | १ असार २०७९, बुधबार

२ फागुन, काठमाडौं – कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएकाे छ । कुवेत स्माथित नेपाली दूतावासले घटनामा नेपाली कामदारकाे ज्यान गएकाे पुष्टि गरेको हाे ।ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् ।


ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।


बालुवाकाे ढिस्काेले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतकाे जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

  • Mr. Admin

थप