Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

इम्प्रेसन नेपाल को काभ्रे मा शाखा , अध्यक्षमा विकास र सचिवमा मणिराम

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

काभ्रे । इम्प्रेसन नेपाल ले एक कार्यक्रम गरी काभ्रे मा काभ्रे शाखा गठन गरेको छ । इम्प्रेसन नेपालका केन्द्रिय सचिव रामकृष्ण बञ्जारा, केन्द्रिय आइसिटी कमिटी सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज नवराज भुर्तेल, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायतको उपस्थितीमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । इम्प्रेसन नेपाल काभ्रेको अध्यक्षमा विकास तिमल्सिना र सचिवमा मणिराम दाहाल चयन भएका छन् । सूचना तथा प्रविधि, प्रेस र सञ्चारमाध्यममा कार्यरत व्यक्तिहरुको संस्था इम्प्रेसन नेपाल काभ्रे शाखाले सदस्यता विस्तारसँगै उनीहरुको हक हितका लागि आवाज उठाउने अध्यक्ष विकास तिमल्सिनाले बताएका छन् । केहिदिनमा नै जिल्ला कमिटीलाई पुर्णता दिइने सचिव मणिराम दाहालले जानकारी दिए । नेकपा एमालेले सुरु गरेको डिजिटल नेपालको अभियानमा सहयोग पुर्याउनका लागि इम्प्रेसन नेपालको भुमिका महत्वपुर्ण मानिएको छ ।इम्प्रेसन नेपाल नेकपा एमाले निकट संस्था हो ।

  • Mr. Admin

थप