Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

पाँचखालका मेयर खरेलमाथि खनिए काँग्रेसका नेता कार्यकर्ता

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

८ वैशाख, पाँचखाल – पाँचखाल नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेसका नेता महेश खरेलमाथी काँग्रेसका नेता कार्यकर्ताले आक्रोश पोखेका छन् । उम्मदवार सिफारिस गर्न बसेको बैठकमा सहभागिहरूले मेयर खेरलको खरो विरोध गरेका थिए । बैठकले उम्मेदवारमा मेयर महेश खरेलको नाम नै सिफारिश नगर्ने चेतावनी दिएपछि हंगामा भएको ।


सुरुमा बैठकमा सहभागि भएका खरेल बैठकमा उनको चर्को आलोचना हुन थालेपछि उठेर हिंडेका थिए । बैठकमा वक्ताहरूले खरेल व्यक्तिगत रुपमा सेलिब्रिटी बन्न खोजेको, काँग्रेस पार्टीलाई नै काभ्रेमा ओझेलमा पार्न खोजेको विषय जोडतोडले उठ्यो । त्यसपछि उनी बैठकमा केहीबेर मात्र बसेर हिंडेका थिए ।


बैठकबाट हिंडेका खरेलको शैलीबारे चिरफार हुन थाल्यो । पाँच वर्षमा खरेलले पार्टी कमिटी र जिल्लाका नेता कार्यकर्तालाई बेवास्ता गरेको विषय उठ्यो । त्यसपछि बैठककै अवमूल्यन गरेको भन्दै सर्वसम्मतले एकजनाको मात्र नाम सिफारिश गर्ने तयारी भएकाे रिपोटर्स नेपालले समाचार लेखेको छ ।


खरेलबाहेक एकजनाको नाम सर्वसम्मतले सिफारिश गर्ने चेतावनी दिदै तत्काल बैठकमा डाकिए खरेल । उनले सुरुमा आफू आउन नसक्ने भने । पछि नाम सिफारिशमा नपर्ने भनेपछि बैठकमा २ घन्टा पछि पुगेका थिए । त्यसपछि उनको चर्को आलोचना भएको बुझिएको छ । खरेललाई बैठकमा अरुलाई रैती र आफूलाई राजा ठान्ने स्वभाव भएको सम्म भनियो ।


यसै पनि खरेल पाँचखाल नगरपालिकाको मेयर भएपनि अधिकांश समय काठमाडौंमै बस्छन् । उनी लामो समय अमेरिका बसेर आएका हुन् । चर्को विवाद र बहसपछि मेयरका लागि १० जनाको नाम सिफारिश भएको छ ।


खरेलले काठमाडौं बसेर मिडियाबाजी गर्ने र सस्तो लोकप्रियता कमाउनेमा बढी लाग्ने गरेका थिए । उनले टेलिभिजनको अन्तरवार्तामा नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको सक्रियतामा पाँचखालमा भएका विकासका कार्यहरू आफुले गरेको भनेर प्रचार गराएका थिए । एमाले नेता महेश बस्नेत उद्योग मन्त्री भएको बेलाबाट सुरु भएको र ओली सरकारका पालामा निर्णय भएको विशेष आर्थिक क्षेत्र (सेज), पाँचखालमा स्थापना हुन लागेको मदनभण्डारी विश्वविद्यालय, गोकुल बाँस्कोटाको सक्रियतामा स्विकृत खानेपानी योजना तथा अरनिको राजमार्गको स्तरोन्नती समेत कार्यको बजेट समेत खरेलले आफुले ल्याएको भनेर प्रचार गराएका थिए ।


  • Mr. Admin

थप