२६ फागुन, काभ्रेपलाञ्चोक – उपचारका क्रममा बालिकाको मृत्यु भएपछि आक्रोशित आफन्तले धुलिखेल अस्पतालमा तोडफोड गरेका छन् । बिहीबार अस्पतालमा उपचारका क्रममा दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाउँदै तोडफोड गरेका हुन् । तोडफोडबाट अस्पतालमा सामान्य क्षेती पुगेको र प्रहरीले अस्पताल परिसरमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि समेत अभद्र व्यवहार गरेका खबरहरु बाहिरिएका छन् ।
सामान्य झाडा पखाला लागेपछि चार दिन अघि उपचारका लागि अस्पताल लगिएकी बालिकाको उपचार भएपछि आजै डिस्चार्ज गर्ने तयारी भएकोमा अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आफन्तको आरोप छ । मृतक बालिकाका आफन्तले अस्पतालले स्थानीय र अन्य नगरपालिका र जिल्ला को बिमारी र सेवा ग्राहि लाई भेदभाव र लापरबाही गर्ने गरेको सोहि कारण आज छोरी गुमाउनु परेको मृतक बालिकाको आफन्त ले आरोप लगाए । बालिकाको मृत्यु रहस्यमय भएको भन्दै मृतकका आफन्त आन्दोलित भएका थिए । अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाल सरकार को स्वास्थ बिमा सेवासमेत प्रदान गर्दै आएको काभ्रे जिल्लाको सदरमुकाममा रहेको धुलिखेल अस्पतालमा सेवामा ढिलासुस्ती हुने, स्थानीय र अन्यत्रका सेवाग्राहीलाई हुने व्यवहारमा भेदभाव हुने, कर्मचारीले विरामी र विरामी कुरुवालाई अभद्र व्यवहार गर्ने गरेको गुनासो समेत आउने गरेको छ । नेपाल सरकारको बिमा कार्यक्रम लागु गरेको धुलिखेल अस्पतालले बिमाकर्ता बिरामी र अन्य विरामीलाई दिने ओपीडी नाम दर्ता कार्ड नै फरक बनाएर लागु गर्दै आएको छ । अस्पतालले सरकारबाट बिमितको उपचार गरेवापत रकम लिने भएपनि उपचार भने निःशुल्क गरेझैं व्यवहार गर्दै आएको बिरामीहरुले गुनासो गर्दै आएका छन् ।
- Mr. Admin