२०८१/११/२२
काभ्रे -काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकाले खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अविध समाप्त भइसकेको वडा नं २ र १२ मा संचालनमा रहेका तिनवटा रोडा ढुंगा उद्योग बन्द गराएको छ । पटक पटक ताकेता गर्दा समेत अटेर गरि संचालनमा रहेका उद्योग पनौती नगरपालिकाले अर्को निर्णय र आदेश नगरेसम्मकाे लागि आजबाट बन्द गरेको जनाएको छ । खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अविध समाप्त भएर संचालनमा रहेका तर पनौती नगरपालिकाले निर्णयले बन्द गराइएका उद्योगहरूमा श्री डाइमण्ड स्टोन माइनिङ प्रा.लि. पनौती-२, श्री भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लि. पनौती-१२ रश्री दिपलक्षमी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. पनौती-१२ रहेका छन् । पनाैती नगरपालिकाकाे नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा अध्यक्ष २ का पुरूषोत्तम अधिकारी र १२ का जयराम केसी, निर्देशक प्रणराज न्यौपाने, प्रशासन शाखा प्रमुख शम्भुप्रकाश शर्मा लगायत कर्मचारी तथा प्रहरीको टोलीले स्थलगत अनुगमन गरि यी उद्योगहरू बन्द गराएको थियो ।
- उमेश राज गिरी