Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

पर्वतारोणप्रति खुम्बु क्षेत्रको नयाँ पुस्ता उदासीन

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

२१ कार्तिक, सोलुखुम्बु– खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ।



सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्। दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमध्ये सर्वेक्षणमा सहभागी हुन चाहने विद्यार्थीमा गरिएको यस सर्वेक्षणमा १० छात्रा र १७ छात्र सहभागी थिए।


सहभागीमध्ये पर्वतारोहणमा विश्वप्रसिद्ध मानिएको जाति शेर्पा समुदायबाट १० छात्र र चार छात्रा सहभागी थिए भने अन्य सहभागी राई र तामाङ समुदायका बढी थिए।‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भन्ने दुई मात्र शेर्पा छात्र कक्षा १० मा अध्ययनरत छन्। उनीहरूले पर्वतारोहण गर्न इच्छा देखाउनुको कारणमा ‘यो बहादुरीको काम हो, नेपाललाई हाम्रा बाबु–बाजेले यही काम गरेर चिनाए, हामीले पनि चिनाउनुपर्छ’ भनेका छन्।


तर, सर्वेक्षणको रमाइलो पक्ष के थियो भने चार शेर्पा छात्रासहित सहभागी १० छात्रालाई तपाईं कस्तो श्रीमान् वा जीवनसाथी चाहनुहुन्छ भनेर गोप्यरूपमा लेखेर दिन भनिएकोमा कसैले पनि ‘म पर्वतारोही श्रीमान् चाहन्छु’ भनेनन्। पाँच जनाले मेडिकल डक्टर, तीन जनाले पत्रकार र दुई जनाले इन्जिनियर श्रीमान् वा जीवनसाथी भइदिए हुन्थ्यो भन्ने इच्छा प्रकट गरे।


पर्वतारोहणप्रति खास गरी शेर्पा समुदायमा घट्दो आकर्षणका विषयमा यस क्षेत्रका विज्ञहरूलाई नेपाल समाचारपत्रले प्रश्न गर्दा ‘पहिला जीविकोपार्जनका लागि विकल्प थिएन, हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा पैसाका लागि ज्यान जोखिममा हालेर हिमाल चढ्थे, तर अहिले शेर्पा डाक्टर, इन्जिनियर, प्रशासक सबै छन्, किन त्यही जोखिम मोल्ने’ भन्ने जवाफ प्राप्त भएको समाचारपत्र दैनिकमा खबर छ ।।


सगरमाथा आधार शिविरभन्दा केही किलोमिटर मात्र तल ५ हजार मिटरको उचाइमा रहेको लोबुचेका प्रभावशाली होटेल व्यवसायी आङङिमा शेर्पा भन्नुहुन्छ– ‘मूर्ख मात्रै हिमाल चढ्न जाने हो, मरिन्छ भन्ने थाहा पाएर पनि काल खोज्न जाने व्यक्तिलाई मूर्ख नभने के भन्ने !’


सगरमाथा आरोहणका क्रममा श्रीमान् दुर्घटनामा परेर निधन भएपछि श्रीमान्कै बाटो पछ्याउँदै एकल महिलाका रूपमा सर्वोच्च शिखर ६ महिनाअघि मात्र आरोहण गर्न सफल पाङबोचेकी फुर्दिकी शेर्पा भन्नुहुन्छ– ‘शेर्पालाई पर्वतारोहणप्रति आकर्षित गर्न सरकारले कुनै वास्ता नगरेकाले पनि हामी निराश भएका हौं, म एउटी विधवा सगरमाथा आरोहण गर्न गएँ, राज्यले जाबो ८० हजार रुपियाँको रोयल्टीसम्म मिनाहा गरिदिएन।’


शेर्पाले गम्भीर हुँदै भन्नुभयो– ‘मेरा तीन वटी छोरी छन्, हुर्काउनु–बढाउनु–पढाउनु छ, त्यो ८० हजारले मलाई अरू केही नभए पनि काठमाडौंबाट सगरमाथा आधार शिविरसम्म एकपटक ओहोर–दोहोर गर्न त पुग्थ्यो !’


तर, शेर्पा प्रथम नेपाली महिला पर्वतारोही पासाङल्हामुप्रति सरकारले देखाएको सदाशयताको सराहना गर्नुुहुन्छ, तर यस क्षेत्रमा शेर्पा जाति लागिरहून् र त्यसमा पनि महिलाको सहभागिता बढोस् भन्ने हो भने राज्यले नै विशेष नीति ल्याउनुपर्ने सुझाव उहाँको छ।

  • Mr. Admin

थप