Breaking News
प्राडा अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको उपकुुलपतिमा नियुक्त    ||     काभ्रेमा रास्वपाकेन्द्रीय सदस्य रमेश प्रसाईले भने सरकारको झुठो मुद्दा जनतताले पत्याएनन्    ||     पनाैती नगरपालिकाले बन्द गरायाे अविध सकेका रोडा ढुंगा उद्योग ।    ||     काभ्रेका १४ क्याम्पसमा स्ववियु निर्वाचन ३४ विद्यालयमा एसईई परीक्षा    ||     रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।    ||     नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस      ||     धुलिखेल खावा सडक राज्यले नदेखेकाे एम्बसु जस्ता खाडल, चौपट्ट धुलो    ||     कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।    ||     महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||    

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

  •   ३ वर्ष अघि | १ असार २०७९, बुधबार

३० असोज, काठमाडौँ– पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।



पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको

१५.५ प्रतिशत वृद्धिदर छ ।


पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो ।


प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ । ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । १० लाख पर्यटक भित्र्याउने वर्षौंको लक्ष्य नेपालले सोही वर्ष पूरा गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


  • Mr. Admin

थप