सागमा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगद सहित सम्मान गर्ने

  •   १ वर्ष अघि | १ असार २०७९, बुधबार

२३ मंसिर, हेटौंडा– १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक जित्ने प्रदेश ३ का खेलाडीहरूलाई ३ नं. प्रदेश सरकारले नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ ।


प्रदेश नं ३ सरकारको सोमबार बसेको बैठकले खेलाडीको मनोबल बढाउनका लागि स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेता खेलाडीलाई जनही ५० हजार र कास्य पदक विजेता खेलाडीलाई २५ हजार सहित सम्‍मान गर्ने निर्णय गरेको हो ।

  • Mr. Admin

थप