पदक विजेता खेलाडीलाई बालुवाटार बोलाए प्रधानमन्त्री ओलीले

  •   १ वर्ष अघि | १ असार २०७९, बुधबार

२४ मंसिर, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई बालुवाटार बोलाउनुभएको छ ।

नेपालले सागमा ५१ वटा स्वर्ण सहित २ सय ४ वटा पदक जित्न सफल भएपछि प्रतियोगिताको समापनका अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई बुधबार आफ्नो सरकारी निवास बालुवाटार बोलाउनुभएको हो ।


समापन समारोहमा मन्तव्य राख्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बालुवाटार बोलाउनुभएको बताउनुभएको हो । सागमा पदक जित्ने खेलाडीहरूमाझ प्रधानमन्त्री ओलीको पुरस्कार घोषणा गर्ने तयारी छ ।

यसैगरी प्रधानमन्त्री ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा संवद्ध सबैलाई धन्यवाद दिनुभएको छ । मंगलबार साग समापनका अवसरमा भिडियो सन्देश दिँदै उनले भूकम्पले क्षतिग्रस्त संरचना तयार पारेर साग आयोजना गर्नु ठूलो सफलता भएको समेत बताउनुभएको हो ।


ओलीले आयोजक देशका खेलाडीको रुपमा नेपाली खेलाडीले अनुशासित, मैत्रीभाव र उत्कृष्ट प्रदर्शन गरेकामा धन्यवाद दिनुभएको थियो ।

  • Mr. Admin

थप