Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक माविलाई

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

५ वैशाख, काभ्रेपलान्चोक – नमोबुद्ध नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड जनक मावि भकुण्डेबेशीले जितेको छ । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा बढी पदक सहित जनक माविले लगातार दोस्रोपटक रनिङ शिल्ड जितेको हो ।

प्रतियोगितामा जनक माविले १७ स्वर्ण, ८ रजत र ४ कास्य गरी कुल २९ वटा पदक जित्यो । यस्तै दोस्रो भएको श्रीकृष्ण मावि दाप्चाले ५ स्वर्ण, ५ रजत र २ कास्य गरी १२ पदक जित्दा तेस्रो बनेको बाल उज्ज्वल माविले ३ स्वर्ण, ६ रजत र ८ कास्य गरी १७ वटा पदक जितेको छ ।

प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई मंगलबार आयोजित समापन समारोहमा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नं. ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, नेपाली सेनाको २६ नंवर बाहिनीका सेनानी दलवहादुर रावल, लगायतले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा नमोबुद्ध नगरपालिकाभित्र रहेका १५ वटा माध्यामिक विद्यालयमध्ये ११ सामूदायिक र २ वटा संस्थागत गरी १३ वटा विद्यालयका कुल ४ सय ८० जना विद्यार्थीले सहभागिता जनाएका थिए । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कबड्डी, भलिबल, लङजम्प, हायजम्प लगायतका खेलका १५ वटा इभेन्टमा छात्र र छात्रातर्फका खेल खेलाइएको थियो । प्रतियोगिताको व्यक्तिगत स्पर्धातर्फका विजेता तथा उपविजेताले सिधै जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । यस्तै समूहका विजेता उपविजेताबाट नगरस्तरीय समूह बनाएर जिल्लास्तरीय प्रतियोगितामा पठाइने जनक माविका शिक्षक हरिहर अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न विजेता खेलाडीलाई आग्रह गरे । आगामी बर्ष खेलकुदको बर्ष बनाउने घोषणा गर्दै उनले शिक्षा र खेलकुद क्षेत्रको विकासको लागि गुरुयोजना निर्माण गरेर काम अघि बढाउने पनि जानकारी दिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, श्रीकृष्ण माविका प्रधानाध्यापक ज्ञानवहादुर भुजेल, प्रतियोगिता संयोजन समितिका सदस्यसचिव प्रदिप पोखरेल लगायतले मन्तव्य राखेका थिए । नमोबुद्ध नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको संयोजन जनक माविले गरेको थियो । 

  • Mr. Admin

थप