Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो : अध्यक्ष श्रेष्ठ

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

कास्की, ९ असोज– नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताउनुभएको छ ।    


प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको बुधबार साँझ निरीक्षण गर्दै सरकारले सागमा सहभागिता जनाउने राष्ट्रलाई पत्राचार गरेको र सातवटै राष्ट्रबाट ‘कन्फरमेसन’ पत्रसमेत आइसकेको जानकारी दिनुभयो ।    


खेलकूदका भौतिक पूर्वाधारको अभावमा साग नरोकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “दुई÷चार दिन यताउता पर्ला तर समयमै भौतिक संरचना निर्माण हुनेमा हामी विश्वस्त छौँ । राष्ट्रकै इज्जतको विषय भएकाले पनि साग भव्य र सभ्यरूपमा सम्पन्न गर्नु सबैको दायित्व हो ।”    


आगामी कात्तिक १५ गतेभित्र सबै संरचना निर्माण भइसक्ने र आयोजक राष्ट्र नेपाल भएकाले तयारी सम्बन्धमा कुनै कसर बाँकी नराखिने उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले काठमाडौँ र पोखरामा हुने सागमा पूर्वाधार निर्माणका लागि आफूहरु दत्तचित्त रहेको बताउनुभयो ।    


पोखरा रङ्गशाला फुटबल स्टेडियमका लागि बजेट अभाव नहुने र निश्चिन्त भएर काम अघि बढाउन उहाँले परियोजना प्रबन्धक दीपक बराललाई निर्देशन पनि दिनुभयो ।    


टोलीले पोखरा रङ्गशालाको फुटबल स्टेडियम, क्रिकेट मैदान, आर्चरी, कभर्डहललगायतको अनुगमन गर्नुका साथै खेलसम्बद्ध पदाधिकारीसँग छलफल गरेको थियो । टोलीले सागका लागि पोखरामा तयारी गरिरहेका पुरुष–महिला ह्याण्डबल टोलीसँग तयारीबारे जानकारी लिएको थियो । टोलीले यसअघि पोखरा–२५ हेमजास्थित निर्माणाधीन फुटबल मैदान, पोखरा–१९ को गोष्तेघाट, सराङकोटलगायतका स्थानमा निर्माण भइरहेको पूर्वाधारको अनुगमन गरेको थियो ।    


अनुगमनमा समिति सदस्य एवं सांसद नमिताकुमारी चौधरी, राखेप सदस्य राजेश गुरुङ, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेज गुरुङलगायत सहभागी हुनुहुन्थ्यो ।    

रासस 

  • Mr. Admin

थप