Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

कार्यकर्ता फकाउन एमाले र नेपाली काङ्ग्रेसलाई चुनाैती रास्वपा काभ्रेको गाउ गाउमा।

  •   २ महिना अघि | ३ फाल्गुन २०८१, शनिबार

काभ्रे । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले धुलिखेल नगरपालिकाकाे वडा नं. ८ मा  वडा अधिबेशन सम्पन्न गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँ गाउँमा रास्वपा एक्क घर एक घण्टी नारा दिएर वडा वडामा संगठन बिस्तार  गर्दै गर्दा एमाले र नेपाली  काङ्ग्रेसलाई कार्यकतर्ता जाेगाउन चुनाैती बनेकाे छ।देशकाे चाैथाे ठुलाे शक्ति र परिवर्तनकाे लागि रास्वपा भनेर गाउँ पसेकाे रास्वपाका कारण नेकपा एमाले र नेपाली  काङ्ग्रेसमा  ठुलाे भुकम्प गएको छ । लामो समयदेखि नेकपा एमालेमा क्रियाशील रहेका २०५४ सालका निबर्तमान वडा सदस्य ठुलो कान्छा तामाङ, सुर्य बहादुर तामाङ , प्रेम तामाङ ,दिपक लामा , सन्ताेस मिजार लगाएतका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरेर  राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य मात्र भएनन् वडा नं.८ मा एमाले  ,काङ्ग्रेस  लगाएतका धेरै बाैद्विक र दिगज ब्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनाउदै कार्यक्रम सफल बनाउन धुलिखेल नगर सदस्य वडा नं. ४ कासभापति तथा धुलिखेल संगठन बिभाग प्रमुख रबिन्द कर्मचार्य सफल भएको स्थानीयले बताए । काभ्रेकाे सदरमुकाम धुलिखेल र धुलिखेल राजनीतिकाे निर्णायक वडा मानिने वडाकाे तामाङ बस्तीमा बसेर कार्यक्रम गराउन सफल भएका नेता सबिन अधिकारी वडा अधिबेशन बाट निर्बिराेध सभापति हनुभएकाे छ।काभ्रेकाे सदरमुकाम तथा पुराना पार्टीले जरा गाडेकाे काभ्रे राजनीतिमा महत्त्व राख्ने वडा भएकोले शनिबारकाे कार्यक्रम सम्पन्न गराउन धुलिखेल नगर सभापति माधब प्रसाद श्रेष्ठ उपसभापति  रामेश्वर घिनाजू   ,नगर सचिव दामोदर गाैतम लगाएत केन्द्र, प्रदेस र जिल्ला नेताकाे मुख्य भुमिका रहेको थियोे ।राष्ट्रिय स्वतन्त्र पार्टीकाे धुलिखेल वडा नं. ८ काे वडा अधिबेशनका  प्रमुख अतिथि केन्द्रीय कानुन बिभागका नेता लब बिष्ट  तथा राष्ट्रिय स्वतन्त्र पार्टीकाे  जिल्ला सभापति प्रबिन कुमार ढकाल तथा काभ्रे जिल्ला क्षेत्रीय एकका सभापती मधुकुमार चाैलागाईले नया थप सदस्य लाई खादा टिका  लगाई आधिकारिकता प्रदान गर्नु भएको थियोे ।उक्त कार्यक्रममा  धुलिखेल संगठन बिभाग प्रमुख रबिन्द्र कर्माचार्यकाे  सकृयताले काभ्रे राजनीतिमा जरा गाडेका पार्टी नेकपा एमाले र नेपाली कांग्रेस लाई ठुलो धक्का पुगेको छ ।वडा अधिबेशन कार्यक्रम लाई सम्बाेधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता काभ्रे जिल्ला क्षेत्री एकका सभापती मधु कुमार चाैलागाईले  पार्टीकाे निति र बिचारमा प्रष्ट पार्दै स्वार्थ नबाेकी पार्टीमा लाग्न आम समुदायलाई अनुरोध गर्नुभयो । पार्टीका सदस्यले कुनै गलत काम गर्दा परिवार लाई सम्झनु भन्दै  जिल्ला सभापति प्रबिन कुमार ढकालले नया सदस्य र कमिटी लाई गलत गरे पार्टीमा ठाउँ नभएको बताउनुभयो । कार्यक्रमकाे प्रमुख बक्ता राष्ट्रिय स्वतन्त्र पार्टीकाे नेता लब बिष्टले राजनीति सुदृढीकरण आजको आवश्यकता भएको बताए ।  पछिल्लो समय रास्वपाले राष्ट्रियस्तरमा कमाएको ख्यातिका कारण समाजमा केही गरौं भन्ने मान्छेहरुका लागि गन्तव्यको एउटा मार्ग प्रशस्त गरेकाे जसका कारण नेकपा एमालेमा क्रियाशील रहेका निबर्तमान वडा सदस्य ठुलो कान्छा तामाङ जस्ता व्यक्तित्वहरुले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकाे सदस्य लिएको बताए । धुलिखेल वडा नं. ८ मा सबिन अधिकारीकाे सभापतित्वमा ११ सदस्य कमिटी गठन भएको छ । 

  • धनेन्द्र पण्डित

थप