Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

रास्वपाले एकिकृत समाजबादिका नेता बिदुर सापकोटालाई श्रद्धाञ्जली दिदै भन्याे उहाँको सपना पूरा गर्छाैं ।

  •   २ महिना अघि | १८ फाल्गुन २०८१, आइतवार

काभ्रे,राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन १७ गते शनिबार बिशेस कार्यक्रम गरि मन्डनदेउपुर वडा न.५,६,१० र धुलिखेल वडा न.११ लाई थप घण्टीमय बनाउन सफल भएकोछ। काभ्रेको चार वडा मा एकैदिन सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिबेशनमा पार्टी प्रवेशमा लर्को लागेकाे काभ्रे क्षेत्र नं. २का क्षेत्रीय सभापति डाक्टर तारा बहादुर कुबरले बताए।यी कार्यक्रमहरुमा अन्य पार्टी बाट बिद्रोह गरेर तथा स्वतन्त्र शुभेच्छुकहरु सहित १४७ जनालाई आधिकारिक रूपमा पार्टीमा आबद्धता(प्रवेश) गराएकाे धुलिखेल नगरपालिका संगठन बिभाग प्रमुख तथा वडा नं ४ का सभापति रबिन्द्र कर्मचार्यले जानकारी गराउनुभयाे। काभ्रे 
जिल्लाको मन्डनदेउपुर वडा न.५,६,१०काे कार्यक्रममा लाई सम्बाेधन गर्न केन्द्र बाट केन्द्रिय कानुन बिभागका उपप्रमुख वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरे तथा धुलिखेल वडा न.११ को ऐतिहासिक वडा अधिबेशनलाई सम्बाेधन गर्न केन्द्रिय NRN बिभाग उपप्रमुख डा.प्रणय राणा सहित केन्द्रिय बिभाग बाट यम श्रेष्ठ बदन भण्डारी सहित प्रदेस ,जिल्ला,क्षेत्र,पलिका बाट नेतागण र स्थानीय शुभेच्छुकहरुको भब्य र सभ्य उपस्थितिमा फाल्गुन १७ गतेको एतिहासिक वडा अधिबेशन सम्पन्न भएको हाे। काभ्रे जिल्लाको मन्डनदेउपुर वडा न.५,६,१०काे कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादि पार्टीका पाेलिट ब्युरो सदस्य तथा पुर्ब सांसद नेता बिदुर सापकोटालाई वहाकाे गृह नगर मन्डनदेउपुरमा भएको कार्यक्रममा पटक पटक सम्झना गर्दै  दसौं दिनकाे पुण्य तिथिमा श्रद्धाञ्जली दिएकाे थियो। रास्वपा सार्वजनिक मामिला बिभाग का सचिब बदन भण्डारीले धुलिखेल वडा न.११ को ऐतिहासिक वडा अधिबेशनलाई सम्बाेधन गर्दै   एकीकतस माजबादिका नेता स्वर्गीय
बिदुर सापकोटालाई  सम्झदै भने उहाँहरूले बााउन चाहनु भएको जस्तो  बैकल्पिक शक्ति र परिवर्तनकाे खाका बाेकेकाे पार्टी अब राष्ट्रिय स्वतन्त्र पार्टी मात्र हाे अब ढिला गर्नु हुन्न एमाले, कंग्रेस,समाजबादि हाेस कि माओवादी कुनैले परिवर्तन बिकास तथा निकास दिदैनन् बेलैमा आफुलाइ परिवर्तन गरेर सन्तानकाे भबिस्य बनाउन रास्वपामा आबद्ध हुन तथा सके पार्टी परिवर्तन  नभए भाेट परिवर्तन गर्न अपिल गरेका  थिए ।रास्वपाकाे अधिबेशनले काभ्रेलाई घण्टीमय किल्ला स्थापित गर्ने  जिल्ला सभापति प्रबिन कुमार ढकाल बताए । अधिबेशन मार्फत नयाँ निर्माण भएको समिति लाई शुभकामना दिदै  भ्रष्टाचार र बेथितिका विरुद्ध निर्मम रूपमा जिम्मेवारी पुर्बक राजनैतिक र समाजिक गतिविधि लाग्न समितिलाई निर्देशन गर्दैन काभ्रे जिल्ला सभापति ढकालले बाकी रहेका अन्य वडाहरुमा तदर्थ समिति गठन गर्दै बिशेष वडा अधिबेशन गर्न अभियानकै रूपमा संङगठनिक गतिविधि निरन्तर संचालन गर्ने जानकारी गराए। 

  • दधिराम घिमिरे

थप