काभ्रे । धुलिखेल नगरपालिकाबाे वडा नं. ५ मा आईतवार रास्वपाले वडा अधिबेशन सम्पन्न गरेको छ।वडा भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जिल्ला सचिब जिएन सापकोटा, जिल्ला सदस्य सरिता केसी ,क्षेत्रीय सभापति तारा बहादुर कुवर, क्षेत्रीय सचिव प्रकास तिमल्सिना , धुलिखेल नगर सभापति माधब श्रेष्ठ , बनेपा नगर सभापति सुरज मकै र पनौतीका नगर सभापति लगाएतका नेताकाे उपस्थिति रहेको थियो ।आईतवार सम्पन्न वडा भेलामा प्रबिण श्रेष्ठको सभापतिमा ११ सदस्यको टीम निर्वाचित भएका छन् । उक्त टीममा उपसभापति नरेश चौधरी, सचिबमा प्रमेश कर्माचार्य, सदस्यहरु शर्मिला जोशी कार्की, संगीता माझी साही, साहिल साही, बिनय श्रेष्ठ, प्रमिला सुवाल, अक्कल बहादुर नापित, धुर्व जोशी श्रेष्ठ र बिजय सुवाल रहेका छन् । धुलिखेल संगठन बिभागको प्रमुख रबिन्द्र कर्माचार्यको कुशल नेतृत्वले रबिन्द्र कर्माचार्यको जन्म थलाे धुलिखेल-५ घण्टीमय बनेकाे छ । पार्टी बिस्तार तथा वडा कमिटी गठन गर्ने क्रममा एमाले, काङ्ग्रेस र माओवादी पार्टी परित्याग गरि आईतबार ४७ जनाले रास्वपामा प्रवेश गरेकाे धुलिखेल संगठन बिभागको प्रमुख रबिन्द्र कर्माचार्यले बताए। रास्वपा नेता रबिन्द्र कर्माचार्यकाे कर्मथलो धुलिखेल-४ भएपनी जन्मथलो धुलिखेल-५ भएको कारण धुलिखेल ५ घण्टीमय बनाउन कर्माचार्यको ठुलो भुमिका देखिएको हो । धुलिखेल ४ का निबर्तमान वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस परित्याग गरि रास्वपमा प्रबेश गरेका कर्माचार्य रास्वपा राजनीतिमा ठूलो फट्को मारेको रास्वपा नेताले बताए ।उनले आफु मात्र होइन धुलिखेल नगरभित्र रहेका नेकपा एमाले र नेपाली काङ्ग्रेसका धेरै बाैद्विक र दिगज ब्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल गराई सकेका छन् ।
- सुशील राज गिरी