Breaking News
एमाले कंग्रेस पार्टी त्याग्ने बढे घण्टीमय बन्दै धुलिखेल    ||     महानगरमा लफडा चलिरहँदा बालेन शाह पाँचखालमा    ||     धुलिखेल–खावा सडकमा अब झरिमा जनताले दु:ख पाए बिराेध गर्दैनौं ताला लाउछाै जिल्ला सभापति ढकाल    ||     काेटेश्वर भाटभटेनिमा लुटपाटमा गर्ने लाई प्रहरीले गर्याे प्रकाउ    ||     म्यानमाकाे राजधानी केन्द्र बिन्दु बनाएर ७.७ म्याग्नेच्युडको भुइँचालो    ||     काभ्रेका जिसस प्रमुख गौतम पक्राउ    ||     काठमाडौं महानगरपालिकाका मेयर बालेन आक्रोश भने टुकुचामा गाड्छु    ||     केपी ओली सरकारको निर्णय विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान आउट हितेन्द्रदेव शाक्य ईन    ||     डाक्टर ताराबहादुर ह्वील चियर लिएर काभ्रेको गाउँ गाउँमा    ||     धुलिखेल अस्पतालमा सेवाग्राहि, बिमारी र डाक्टर समेत पिडामा    ||    

नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस  

  •   २ महिना अघि | ७ फाल्गुन २०८१, बुधबार

काभ्रे प्रजान्तन्त्र दिबसकाे अबसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला बैठककाे अबसरमा नेपाली  काङ्ग्रेसका क्षेत्रीय सदस्य प्रल्हाद केसी सहित दर्जनौं नेता रास्वपामा प्रबेस गरेका छन्।आज (फागुन ७ गते )रास्वपा  प्रबेस गर्ने  अधिकासं नेपाली कांग्रेस आबद्ध नेता  तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय शिव हुमागाईं, मधु आचार्य लगाएका खास रहेको रास्वपा सभापति प्रबिन कुमार ढकालले बताए। धेरै एमाले कांग्रेसका नेता कार्यकता स्व स्फुर्त जाेडिनुभएकाे सबैको नाम उल्लेख नगर्न अनुराेध गर्दै केही दिग्गज ब्यक्ति लाई जिल्ला बैठक बसी केही बिभागीय जिम्मेवारी दिईने रास्वपा जिल्ला सभापती ढकालले बताए । यसरी काभ्रेमा एउटा राम्रो समूह पार्टीमा आबद्ध हुने कार्यक्रमकाे लागि रास्वपा केन्द्रीय काेषाध्यक्ष लिमा अधिकारी ,केन्द्रिय संगठन बिभाग सचिब संकर श्रेष्ठकाे उपस्थितिमा केन्द्रीय बिभाग प्रदेस जिल्ला र क्षेत्रका नेता उपस्थित रहि औंपचारिक कार्यक्रम सहित स्वागत गरेका थिए । आज रास्वपा प्रबेस गर्नेमा काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष पुर्ब एसएसपी एब्म सामाजिक अभियानता नेपाली कांग्रेस क्षेत्रीय सदस्य प्रलाद केसी लगाएत बनेपा नगर कमिटी सदस्य धुलिखेलका नगर कमिटी सदस्य र पनाैतिका नगरकमिटी र  वडा कमिटी सदस्य रहेका छन् । पार्टी प्रबेस गरेका  नेकपा एमाले र नेपाली कांग्रेसका नेता लाई क्षेत्रीय  नं. एक का सभापति मधु कुमार चाैलागाईले   पार्टी प्रशिक्षण  पश्चात् केही साथीहरूलाई क्षेत्रीय कमिटी बैठक बसी जिम्मेवारी दिईने बताए। रास्वपा क्षेत्र नं  दुईको सभापति डाक्टर तारा बहादुर कुबरले केही रिक्त पदमा मनाेनयन गरिएको र पार्टी बैठक बसी जिम्मेवारी दिईने बताए । दर्जनौं शुभेच्छुक हरु विभिन्न पार्टी परित्याग गरि रास्वपा प्रवेश हुनुभएको छ यस्ले काभ्रेमा रास्वपा उदाउँदो शक्ति बन्ने निश्चित हुदा काभ्रे राजनीतिमा ठुलाे हलचल सुरु भएको जानकारहरु बताउँछन्।यसले पुराना राजनीतिक दलहरूभित्र पनि विद्रोहको घण्टी बजेको  र ती दलहरूभित्र अब 'कम्फर्ट जोन'मा बस्ने सुविधा कुनै नेता वा कार्यकर्तालाई हुने छैन। उनीहरूलाई पनि आफूलाई सान्दर्भिक बनाइराख्न कि पार्टी तथा सत्ता सञ्चालनमा आमूल परिवर्तन गर्न सशक्त दबाब सृजना गर्नुपर्नेछ कि पार्टी नै त्याग्नु पर्ने अवस्थामा पुर्‍याएको छ। संसदका ठूला दलका नेतृत्वलाई पनि आफूलाई मन नपरेकै आधारमा वा आफूप्रति वफादार नभएकै कारण कुनै नेता कार्यकर्तालाई हदैसम्म पेल्न कठिन भएकोछ। यसले नेतृत्वले विश्वास नगरेकै आधारमा त्यहीँ पिल्सिएर बस्नुपर्छ भन्ने अवस्था पनि चिरेको छ। क्षमतावान् र जनतामा प्रभाव पार्न सक्ने व्यक्ति नेपाली कांग्रेसका क्षेत्रीय सदस्य,पुर्व एससपी एंव काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी लगाएतका ब्यक्ति  राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश सॅगै अब फरक पार्टीमा गएर पनि आफूलाई जनतामाझ परीक्षण गर्न सक्छन् भन्ने अवस्था बनेको छ। परिबर्तन चाहने र  जोखिम मोल्ने सहज 'प्लेटफर्म' अब रास्वपा भएको छ।  यसमा जोडिने क्रम बढ्दो छ जसले गर्दा भविष्यमा संसदकै सबैभन्दा ठुलो दल रास्वपा हुन सक्ने दुईमत छैन।

  • सुशील राज गिरी

थप