काभ्रे ; हाम्रो अग्रज नेता लाई विश्राम दिनेहाे देश बनाउने हाे भने उम्मेदवार अब पैसा, पावर भएको लाई हाेईन अब जान्नेलाई छानाै हाम्रो लाई हाेईन राम्रो लाई छानाै भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले काभ्रेपलान्चोक जिल्लाकाे ब्यापारिक केन्द्र बनेपामा काभ्रे जिल्ला पार्टी कार्यलय शनिबार एक कार्यक्रम गरेर उद्वघाटन गरेको छ। काभ्रे जिल्ला सचिव सुशील राज गिरीले उद्वघाेस गरेकाे कार्यक्रममा बाेल्दै जिल्ला सभापति ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी अन्य पार्टी भन्दा फरक रहेकोले फरक थाहा गर्न यसपालि काभ्रेली जनताले संघीय चुनाव घण्टीमा भाेट हाल्ने अबसर भएको बताए । काभ्रे जिल्ला सभापति प्रविन ढकाल ,उपसभापति पुण्य माता घिमिरे ले संयुक्तरुपमा पानसमा वत्ति बालेर पार्टी कार्यलय शनिबार उद्वघाटन गर्नुभयाे । सभापति ढकालले पार्टी कार्यलय उद्वघाटन सगै काभ्रेका १३ वटै पालिका सभापति लाई जिम्मेवारी प्रदान गर्नुभएको थियो ।राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला पार्टी कार्यलय उद्वघाटनमा बाेल्दै काभ्रे जिल्ला उपसभापति पुण्य माता घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी मात्र यस्तो पार्टी भएको जस्ले तल्लो तहदेखिका मानिस लाई अबसर दिहिरहेकाेले उम्मेद्वार अब जान्नेलाई छान्नु पर्ने घिमिरेले बताउनुभयो ।कार्यक्रममा जिल्ला सचिवले भावि रणणिती, पार्टीकाे लक्ष्य,पार्टीको विधि बिधान माथि प्रकाश पारेका थिए|
- Sushil Raj Giri