काभ्रे,राष्ट्रिय स्वतन्त्र पार्टी चाैरीदेउराली बिशेस कार्यक्रम गरि शनिबार कात्तिके देउरालीमा ऐतिहासिक भेला सम्पन्न गरेको छ। काभ्रेको चाैरिदेउरालि गाउपालिकाकाे वडा अधिबेशनमा कम्युनिस्ट पार्टी परित्याग गरी पार्टी प्रवेशमा लर्को लागेकाे काभ्रे क्षेत्र नं. २ का क्षेत्रीय सभापति डाक्टर तारा बहादुर कुबरले बताए।चाैरिदेउरालिकाे पालिका र वडाकाे कार्यक्रमहरुमा अन्य पार्टी बाट बिद्रोह गरेर तथा स्वतन्त्र शुभेच्छुकहरु सहित सयौं जनालाई आधिकारिक रूपमा पार्टीमा आबद्धता(प्रवेश) गराएकाे काभ्रे जिल्ला सह सचिब तथा जिल्ला संगठन बिभाग प्रमुख शिब हरी प्याकुरेले जानकारी गराउनुभयाे।
जिल्लाको चाैरिदेउरालि गाउपालिकाकाे वडा न.४,५काे कार्यक्रममा लाई सम्बाेधन गर्न आउनुभएको केन्द्रीय सदस्य तथा सह प्रबक्ता रमेश प्रसाईले रास्वपाकाे सिद्धान्त बिचार, नितिकाे बारेमा प्रष्ट पार्नु भएको थियोे ।केन्द्रीय सदस्य तथा सह प्रबक्ता रमेश प्रसाईले पार्टी सभापति रबी लामिछाने लाई माओवादी लाई आतंककारी घाेषना गर्ने र हिजो पन्चायतमा पन्चेले नेपाली कांग्रेस र एमालेलाई गरेको ब्यबहर तथा जुन मुद्वा हिजो पन्चेले लगाए आज नेपाली कांग्रेस र एमालेकाे गठबन्धन सरकारले पार्टी सभापति रबि लामिछानेलाई तेहि व्यवहार तथा झुठो मुद्दा लगाएँकाेले परिबर्तन र अबस्था बदल्न अब रास्वपाले बाहेक नसक्ने बताए । रास्वमा भुईमान्छेकाे पार्टीहाे, ब्यबस्था बदल्न जीवन दिने सहिद लाई सम्झदै पुराना पार्टीलाई धन्यवाद दिएका रास्वपा नेता प्रसाईले ब्यबस्थाले भएन, अबस्था परिबर्तन नभए गाउँ रितिने गाउँ बस्तीमा जन्ती र मलामी नभेटिने र बृद्ध बृद्धा मात्र रहने जस्ले सहिदका सपना सहिद बनाएका पार्टीलाई गाली नगरी धन्यवाद दिदै भने अब पालाे अबस्था परिपर्तनकाे, रास्वपाकाे र याे युग काभ्रेले जन्माएको नेता रबि लामिछानेकाे , भन्दै गाउँ फर्किन र परिवर्तनको लागि रास्वपामा आबद्ध हुन आह्वान गरेका थिए ।चाैरिदेउरालि गाउपालिकाकाे अधिबेशनलाई सम्बाेधन गर्न केन्द्रिय बिभाग, प्रदेस ,जिल्ला,क्षेत्र,पलिका बाट नेतागण र स्थानीय शुभेच्छुकहरुको भब्य र सभ्य उपस्थितिमा सहित रास्वपाले फाल्गुन २४ गते एतिहासिक अधिबेशन सम्पन्न गरेको छ। काभ्रे जिल्ला चाैरिदेउरालिकाे वडा न.४,५काे कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता क्षेत्र नं.१ का सभापति मधुकुमार चाैलागाईले कम्युनिष्ट नेता पुर्ब सांसद तथा राज्य मन्त्री गाेबिन्द उप्रेतीलाई सम्झदै चाैरिदेउरालि नेता जन्माउने र राजनीतिक चेतना भएको गाउपालिका भएकोेले रास्वपा चाैरिदेउरालि अब पार्टी सभापति रबीलामिछाने जस्ता नेता जन्माउने पालिका बन्ने तथा रितिएकाे गाउँमा कसरी अबसर सृजना गरेर राजनीतिज्ञले कसरी गाउँमै बस्ने बाताबरण बनाउछ भनेर सिकाउने र गरेर देखाउने पार्टी रास्वपा बन्ने बताए । काभ्रेकाे चाैरिदेउरालि गाउपालिकामा सम्पन्न वडा अधिबेशन जस्लाई माओवादी किला भनिन्थ्यो अब घण्टीमय किल्ला भएको जिल्ला सभापति प्रबिन कुमार ढकाल बताए । अधिबेशन मार्फत नयाँ निर्माण भएको समिति लाई शुभकामना दिदै भ्रष्टाचार र बेथितिका विरुद्ध निर्मम रूपमा जिम्मेवारी पुर्बक राजनैतिक र समाजिक गतिविधिमा लाग्न समितिलाई निर्देशन गर्दै काभ्रे जिल्ला सभापति ढकालले बाकी रहेका अन्य वडाहरुमा तदर्थ समिति गठन गर्दै बिशेष वडा अधिबेशन गर्न अभियानकै रूपमा संङगठनिक गतिविधि निरन्तर संचालन गर्दै काभ्रे लाई घण्टी किल्लाबनाउने बताए ।
- उमेश राज गिरी