२९ वैशाख, (पाँचखाल)– माैन अबधीमा भाेट माग्दै हिँडेका नेपाली कांग्रेस र माओवादीबाट पाँचखाल नगरपालिकामा उम्मेदवार बनेका महेश खरेल र चेतप्रसाद गौतम सहितका व्यक्ति जनताबाट लखेटिएका छन् ।
मौन अवधीमा पनि भोट माग्दै मेयरका उम्मेदवार खरेल र उपमेयरका उम्मेदवार बनेका गौतमसहितका व्यक्तिलाई पाँचखाल–१३ बाट लखेटिएको हो । खरेल नेपाली कांग्रेस र गौतम नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । आज दिउँसो सवा चार बजेको समयमा खरेल आफ्ना कार्यकर्तासहित ३–४ वटा गाडी र एक दर्जन भन्दा बढी मोटरसाइकलमा नेता कार्यकर्ता लिएर भोट माग्न गाउँ पसेका थिए । मौन अवधीमा मतदातालाई प्रभावित पार्नेगरी खरेल आएको थाहा पाएछि पाँचखाल नगरपालिका वडा नं. १३ रोटेपिङको दलित बस्तीबाट खरेल नेतृत्वको समूहलाई लखेटिएको हो ।
नेकपा एमालेबाट पाँचखाल- १३ मा वडाअध्यक्षका उम्मेदवार प्रताप तामाङले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै खरेलको समूह भोट माग्न हिँडेको र सोही क्रममा जनताले प्रतिकार गरेको बताए । गठवन्धनका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै तामाङले निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका छन् । खरेलको समूहमा साठीघरदेखिका मान्छेहरु रहेको र अन्य बाहिरि व्यक्ति पनि रहेको बताइएको छ । आफूलाई भोट माग्दै खरेलले आज पनि घरघरमा कार्ड बाँड्दै गरेको स्थानीयबासीले बताएका छन् ।
- Mr. Admin