काभ्रे म्यानमारमा शुक्रबार दिउँसो म्यानमारको राजधानी आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भुइँचालो गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शुक्रबार म्यानमारमा हालसम्मको सबैभन्दा शक्तिशाली भुइँचालो गएको बताईएकाे छ।
भुइँचालोको झट्का थाइल्यान्ड र चीनमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
म्यानमारमा भूकम्प सयौं ठूला ठूला भवनहरू भत्किएको छन् अझै आधिकारिक क्षेतीकाे बिबरण आएको छैन ।सडकमा चिरा परेको देखिए साथै भूकम्पले धेरै निर्माणधीन भवनहरू भत्काएको छ। भुका्पले कति मानिसको मृत्यु भयो कति घाइते भए भन्ने जानकारी प्राप्त भएको छैन ।भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्किएर सडक र खाली ठाउँमा जम्मा भएका छन्।
- दधिराम घिमिरे