Breaking News
महिला शक्ति बिकास केन्द्र नेपालको जिल्ला स्तरिय अन्तरक्रिया सम्पन्न    ||     जिसस प्रमुख दिपक गौतमले सुरु गरे धुलिखेल–खावा सडकमा अनशन    ||     काभ्रेको पाँचखालमा मोटरसाइकल र आइचर ठोक्किदा एककाे मृत्यु ।    ||     काभ्रेमा वडाध्यक्ष घुससहित पक्राउ    ||     चोरीको मोटरसाइक चढ्ने काभ्रे प्रहरी काे फन्दामा    ||     बिहिवार सम्म सेयर किन्दा यी वित्तीय संस्थाहरूकाे लाभांश पाउने    ||     सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प    ||     काेरियन भाषा ईपीएस परीक्षा दिन गएका दुई युवाको मृत्यु    ||     धुलिखेल खावा सडकमा दैनिक दुर्घटना    ||     बाईक दुर्घटनामा रुपक खत्री को मृत्यु    ||    

एमाले अधिवेशनबाट हाइटेक प्रविधि भित्र्याएका छौं

  •   २ वर्ष अघि | १ असार २०७९, बुधबार

नेकपा एमालेको १० औं अधिवेशनको तयारी कहाँ पुग्यो ?


नेकपा एमालेको १० औं अधिवेशनको तयारीमा हामी छौं । अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु निर्माण गरेका छौं । अधिवेशन भव्यताका साथ सम्पन्न गर्न उपसमितिहरुले आफ्नो काम जिम्मेवारीपूर्वक निर्वाह गरिरहेका छन् । हामीले यो अधिवेशनलाई भव्य गर्नका लागि अलि फरक ढंगबाट परिचालित गरेका छौं । हामीले ५० औं हजार जनसमुदायहरुलाई आव्हान पनि गरेका छौं निमन्त्रणा गरेका छौं । २३ गते धुलिखेलको रंगशालामा अधिवेशन सम्पन्न गर्ने भनेका छौं ।  उक्त अधिवेशनको उद्घाटन श्रद्धये नेता केपी शर्मा ओलीले गर्नुहुनेछ । 

नौ वटा अधिवेशन भइसकेको छ, १० औं अधिवेशनमा फरक चाहिँ के छ ?


हामी नवौं जिल्ला अधिवेशन गर्दा प्रतिनिधि छनौट व्यवस्थापनमा केहि कुराहरु फरक अपनाएका छौं । यो अधिवेशनमा काभ्रेमै पहिलोपटक हाईटेक प्रविधि अपनाएका छौं । हामीले प्रतिनिधि कार्डदेखि लिएर क्युआर कोड, मतदान गर्ने प्रविधि समेत व्यवस्थापन गरेका छौं । हिजोका दिनमा त्यो थिएन । प्रचारका नयाँ शैली अपनाएका छौं । त्यस्तै साउण्ड सिस्टममा पनि हाइटेक प्रविधि अपनाएका छौं । हामीले प्रविधिको उच्चतम प्रयोग गर्दै यो अधिवेशनलाई अगाडि बढाइरहेका छौं ।  

दशौं अधिवेशनको प्रतिनिधि छनौट प्रक्रियाको विधि फरक हो ?


नवौं अधिवेशनमा संगठित सदस्य कम थियो । अहिले काभ्रेमा लगभग २२ हजार संगठित सदस्य पुगेको अवस्था छ । त्यतिखेर हामीले ११ सयको हाराहारीमा प्रतिनिधि चयन गरेका थियौं । अहिले हामीले समावेशी रुपमा प्रतिनिधि छनौट गरेका छौं । लोकतान्त्रिक विधिद्धारा सबैको सहभागीता हुने गरी प्रतिनिधि चुनिएको छ । हामीले सबै कमिटीहरु र जनसंगठनहरुलाई त्यहि अनुरुप व्यवस्थापन गरेका छौं । यसकारण पनि हिजोको नवौं अधिवेशन र अहिलेको १० औं अधिवेशनमा प्रतिनिधि छनौटमा फरक छ । 

यो पटक २२ हजार संगठित सदस्यबाट कसरी ? कति प्रतिनिधि छानिए ?


यो अधिवेशनमा २२ हजार संगठित सदस्यबाट १४ सयको हाराहारीमा प्रतिनिधिहरु हुनेछन् ।  हरेक क्षेत्रमा सर्वसम्वत तरिकाले प्रतिनिधि छानिएका छन् । 

छानिएका प्रतिनिधिले हाइटेक प्रविधिमा कसरी सहभागी हुने ? व्यवस्थापन कस्तो छ ?


हाइटेक प्रविधि कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा डेमो गराईनेछ । मतदानमा कसरी भाग लिने भन्ने बारे प्रशिक्षण दिन्छौं, सिकाउँछौं । त्यति गाह्रो पनि छैन । सबै प्रतिनिधिहरुलाई प्रविधिमा सामेल गराई अभ्यस्त गराईनेछ । बन्द सत्रमा प्रवेश गराउँदै हामी प्रतिनिधिहरुको प्रविधिबाट चेक गराउँछौं । 

कम्युनिष्ट पार्टी भित्र सर्वसम्मतिका नाममा कमिटी घोषणा हुन्छ, भोटिङ मेसिन चाहिँ देखाउनका लागि मात्र हो भन्ने जनगुनासो छ नि ?


हाम्रो पार्टी भनेको लोकतान्त्रिक पार्टी हो । यसले लोकतान्त्रिक विधिलाई अवलम्बन गर्छ । कम्युनिष्ट पार्टीले लोकतान्त्रिक विधि अपनाउँदैन भन्ने होइन । सर्वसम्मत विधि चाहिँ लोकतान्त्रिक विधि होइन भन्ने हुँदैन । यो लोकतन्त्रको उच्चतम विधि हो । त्यसकारण सर्वसम्मत पनि होला । यदि हुन सकेन भने निर्वाचनको विधि त छँदैछ । त्यसपछि हामी नेतृत्व चयनका लागि मतदान प्रक्रियामा जान्छौं । त्यसकारण यो देखाउनको लागि मात्रै हो भन्ने कुरा नै रहेन ।


यो अधिवेशनमा ५० औं हजार जनसमुदाय उत्रदैछ । के यो पार्टी फुटको असर परेको छैन भनेर देखाउनलाई हो ?


अधिवेशनहरु प्रायः प्रचारात्मक नै हुन्छन् । हामीले अधिवेशन खुल्ला रुपमा आम जनताको माझमा नै गर्नुपर्ने हुन्छ । नेकपा एमाले अहिले राष्ट्र निर्माणको नेतृत्व गरिरहेको छ । नेपाली जनताको आकर्षण नेकपा एमालेमा छ । यो आकर्षकै कारण पनि हाम्रो अधिवेशनमा सहभागी हुँदैछन् । यस्तै हामीले जुन हाइटेक प्रविधिहरु अपनाउँदैछौ यो देखाउनलाई होइन विज्ञानलाई प्रयोग गरेको हो । सहभागीहरुलाई विज्ञानको प्रविधिको प्रयोग गर्नुपर्छ है भन्ने सन्देश दिनको लागि पनि हामीले यो हाइटेक प्रविधि भित्र्याएका हौं ।


अन्तमा,

नेकपा एमाले एउटा लोकतान्त्रिक पार्टी हो । २३ गते जिल्ला अधिवेशन धुलिखेलमा हुँदैछ । म आम जनसमुदायलाई के आव्हान गर्छु भने हाम्रा केन्द्रिय अध्यक्ष क. केपी शर्मा ओलीबाट अधिवेशनको उद्घाटन हुँदैछ । जुन ऐतिहासिक हुनेछ । उक्त ऐतिहासिक अधिवेशनमा उपस्थिति जनाउनका लागि सम्पूर्ण काभ्रेली जनहरुमा हार्दिक आमन्त्रण गर्न चाहन्छु ।

  • Mr. Admin

थप