Breaking News

स्थानिय सरकार र मिडियाका कारण काभ्रेका एकपछि अर्को सहकारी समस्यामा

  •   १ वर्ष अघि | १० माघ २०७९, मङ्लबार

काभ्रे, बनेपा,काभ्रेपलान्चोक जिल्ला  भित्र सञ्चालनमा रहेका अधिकासं  सहकारीमा आर्थिक तरलताका कारण  समस्या देखिएको छ ।

काभ्रेपलान्चोक जिल्लाकाे १३ वटै स्थानीय तहमा संचालनमा रहेका सहकारीहरुमा  काेभिड १९ लेआर्थिक मन्दि सुरु हुनु ,बैक तथा बितिय संस्थामा तरलता अभाब,  क्रसर ब्यबसाय  र जग्गा बर्गिकरण लगाएतका काममा बिबाद हुनु र राेकिनु , बैंकहरुले ब्याज बढाउनु र मिडियाले सहकारीमा समस्या देखाईदिने कारणले बचत कर्तामा बचत रकम डुब्ने डर पैदा भई काभ्रे जिल्ला लगाएत देशैभरमा संचालित सहकारीमा समस्या उत्पन्न भएको सहकारी अभियान्ता संगिता गिरीले बताउनुभयो । हाल काभ्रेका केही सहकारीमा आर्थिक तरलताको समस्या देखिएको सहि र सत्य हाे तर यस्काे कारण ऋणीले ऋण नतिरी प्रहरी ,प्रशासन ,राजनीतिक शक्तिकाे आडमा र मिडियाकाे साहारा लिएर मिटर ब्याज र अनेक नाम दिनुले समेत सहकारीमा तरलताकाे समस्या पैदा भएको सहकारी कर्मी बताउँछन् ।केही समय अगाडि काभ्रेमा केही चर्चित  सहकारी संस्था  मा समस्या देखिँदा प्रहरी ,प्रशासन, जिल्ला सहकारी संघ,बचत संघ,नेफ्सकुन लगाएत प्रशासनिक निकाय र स्थानीय सरकार  छलफलमा बसेर समस्या सुल्झाउनु साटो मिडियामा हेडलाईन बनाउनुले काभ्रेमा भएको सहकारी कति धेरै  संकटमा छन्  र यस्मा प्रशासन र मिडियाले कस्तो राेल खेलेकाे छ भनेर बुझ्न सकिने सहकारी अभियान्ता राम कृष्ण तिमल्सिनाले बताए   ।

बैंकमा समस्या भयो राष्ट्र बैक ले मर्जर निति ल्यायो कुनै मिडियाले बैकले पैसा दिएन भनेर न्युज बनाएन मर्जरमा गएको बैंकका कारण जनताले दुख पाएका छन् , बिमामा समस्य भयो मर्जमा गएका छन् , त्यसाेत काभ्रेपलान्चोक जिल्लामा पनि केही सहकारी मर्जमा गएका छन् र एकीकृत काराेबार गरि सकेका छन् भने केही मर्ज हुने प्रकृयामा छन् ।यसरी प्रशासन र स्थानीय सरकारले सहकारी अनुगमन , संरक्षण, प्रबर्द्वन तथा  समस्या भएमा मर्जर निति नल्याएमा बजार र स्थानीय बचत कर्ता संगै सिङ्गो काभ्रे समस्यामा पर्ने देखिन्छ र जस्ले गर्दा साना लगानी कर्ता र साना घरेलुु ब्यबसाय बन्द हुने  , किसान र स्वराेजगारीकाे अन्त भई पुन  ढ्याके ब्याज र बैंकिङ काराेबारले सुकुम्बासी र बैदेशिक राेजगारिमा जाने काे संख्या बृद्वी हुने निश्चित जस्तै भएको छ। देशमा रहेको आर्थिक संकट टार्न , स्वदेशमा काम गर्ने बाताबरण बनाउन ,कृषक तथा साना घरेलु ब्यबसाय काे संरक्षण गर्न पनि सहकारीसंघ संस्थाकाे संरक्षण गर्नु पर्ने  सहकारी कर्मी सुबिन्द्व तिमल्सिना बताउनुहुन्छ। संकट सबै तिर छ, ऋणीले ऋण नतिर्ने प्रहरी प्रशासनले सहयोग नगर्ने र राज्य कर मात्र उठाउन लाग्यो भने सहकारीको संचालक ,कर्मचारी भाग्ने मात्र हैन मर्ने दिन आउँछ र यस्काे जिम्मेवारी जिल्ला प्रशासन, प्रहरी ,जिल्ला सहकारी संघ,बचत संघ,नेफ्सकुन  र मिडियाले समेत लिनुपर्ने सहकारी कर्मीहरुकाे आवाज रहेको छ।

  • Chhadke Online

थप